अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

धुर्मुस-सुन्तलीले रौतहटका बाढी पिडितको लागि एकिकृत बस्ती बनाउँदै

बिआरटीनेपाल २०७४ असोज १ गते ११:१० मा प्रकाशित

नेपालको पुर्वी तराई क्षेत्रमा अविरल बर्षाका कारण भएको जनधनको क्षति र समस्यालाई निराकरण गर्दै सहयोगमा जुटिरहेका चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस  कुञ्जना घिमिरे सुन्तली तथा उनको फाउन्डेशन धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पिडितहरुको लागि  एकिकृत बस्ती निर्माण गर्ने भएको छ । फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालिका ८, सन्तपुरका बाढी प्रभावित दलित परिवारका लागि एकिकृत बस्ती निर्माण गर्ने भएको हो ।

बाढी पिडितका लागि राहत वितरणमा सक्रिय भईरहँदा तराईको समस्यालाई नजिकबाट नियालेका धुर्मुस सुन्तलीले तराईमा रहेका बाढी प्रभावितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा केही समय अघि मात्रै गरेका थिए ।

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भुकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तल्लाको ४ वटा कोठा हुने गरि १ शौचालय, धारा र बगैंचा समेत निर्माण गरिनेछ । बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ । बस्ती भित्र ४५ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु टावरको समेतको आकर्षक र सुबिधासम्पन्न बस्ती निर्माण हुनेछ । फाउण्डेशनका ब्यवस्थापक अर्जुन न्यौपानेले बताएअनुसार बस्ती अनुमानित ५ करोड ७५ लाखमा निर्माण हुनेछ ।

सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २ सय ८० जना बसोवास गरिरहेका छन् । बस्तीमा माझि, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको छ । वषौं देखि गरीबीको चेपेटामा परेका उनीहरुको अवस्था अविरल बर्षाका कारण पुरै घर डुवानमा परेपछि अत्यन्तै नाजुक रहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू