अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

मृगौला पिडित गायक पुर्ण गुरुङलाई गायिका सुनिता दुलालले गरिन् ५० हजार सहयोग

बिआरटीनेपाल २०७४ असोज १ गते १०:१९ मा प्रकाशित

चर्चित गायक तथा एरेन्जर पूर्ण गुरुङ यतिवेला दुवै मृगौला खराब भएका कारण टिचिङ अस्पतालमा उपचाररत छन्। उपचारका लागि आर्थिक अभाव भएका कारण उनलाई अहिले धेरै आर्टिष्ट तथा व्यक्तित्वले सहयोग गरिरहेका छन्। यसैविच गायिका सुनिता दुलालले गुरुङको उपचारका लागि  ५० हजार रुपैयाँ सहयोग गरेकी छिन् । सहयोग संगै गायिकाले अन्य व्यक्तिहरुलाई गुरुङको सहयोगका लागि अपिल गरेकी छिन्।

“कलाकार कुनै जाती, भाषा, रङ्ग, समुदाय र भूगोलको हुँदैन । परेका बेला सहयोग गर्नु नै मानवीय धर्म हो भने नैतिकता पनि । म फेरि पनि आग्रह गर्छु भगवानले एक पठक दिएको यो सुन्दर जीवन बचाउन पूर्ण दाईलाई सबैले सकेको सहयोग गरौं,” उनले भनिन्, “उहाँलाई गरेको सहयोग फगत उहाँका लागि मात्रै हैन, कला र गलासँगै नेपाली कला, संस्कृति संरक्षणका लागि गरेको सहयोग पनि हुने छ ।” 

टिचिङको एनएस टुु ६०७ नम्बर बेडमा रहेका गुरुङको उपचारका लागि सहयोग गर्न चहानेले ग्लोबल आईएमई बैंकमा रहेको उनको खाता नम्बर ३६०७०१००१०८८५ मा पैसा जम्मा गर्न सक्नेछन् । ९ वर्ष अगाडि मृगौलामा समस्य देखिएपछि उपचार गरे पनि फेरि दुवै मृगौलले काम गर्न छोडेको हो । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गुरुङको उपचारका लागि ५ देखि २० लाख रुपैयाँ लाग्छ ।

दुवै मृगौलाले काम नगरेपछि गुरुङलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको छ ।  गुरुङ गायकसँगै एरेन्जर पनि हुन् । उनकी श्रीमती सुमी गुरुङ पनि गायिका हुन् । श्रीमती गुरुङले पैसाको अभावमा उपचार गर्न नसकिएको भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया