अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

हराएको सरकार खोज्दै भक्तपुर साहित्यिक समाज

बिआरटीनेपाल २०७४ असोज १ गते ८:२९ मा प्रकाशित

भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई सभापति बनाई सञ्चालन गरिएको श्रृङ्खलामा साहित्यका विविध विधाहरू लघुकथा,कविता,गजल,गीत,व्यङ्ग्य गीत आदिको माध्यमबाट सहभागी साहित्यकार,स्रष्टा,सर्जकहरूले देश संघीय गणतन्त्रतात्मक मुलुकमा परिवर्तन हुँदा पनि जनताले सरकार भएको आभाष समेत गर्न नसकेको भन्दै सृजनाबाटै खबरदारी गरेका छन् ।

हरेक दुइमिहनामा नियमित हुने समाजको घुमन्टे साहित्यक कार्यक्रममा वर्तमान बेथिति,बिकृति,बिसंगति,चरम महङ्गि, बढ्दो भ्रष्टाचार,हावि हुँदै गईरहेको र माफियातन्त्र उपर कडा व्यङ्ग्य गरेका थिए । जनतालाई प्रत्यक्ष राहत पुर्याउन नसकेकाले नै सरकार हराएको अभिव्यक्ति सृजनाबाट पोख्नु परेको श्रृङ्खलामा स्रष्टा, सर्जकहरूले बताएका छन् ।

कार्यक्रममा धनमान श्रेष्ठ, नारायण तिवारी,हिम्मत सिंह लेकाली,दुर्गाप्रसाद ग्वालटारे, राेशनकुमार राजभण्डारी,जननीप्रसाद मूल, राजुराम मुनंकर्मी, गुहेश्व्ररी शाक्य, तेजकृष्ण श्रेष्ठ, श्याम गैंडा, रन्जिता थापा, राजन नेवाः,राजेन्द्र चित्रकार, बाबुकाजी सुवाल, जुनु घिमिरे, रोशी श्रेष्ठ, अनिता आचार्य, दिपक दहाल र सञ्चारकर्मी निरा रानाभाट लगायतले रचना वाचन गरेका थिए ।

सोही श्रृङ्खलामा शारदा उच्च मा.वि.का प्रिन्सिपल रोशनराज तुईतुईले श्रृङखलाबाट आफु पनि निकै प्रभावित भएको र राज्यले सुशासन कायम गर्न नसकेको हुँदा स्रष्टाहरुको खबरदारी अवश्यक रहेको बताए । समाजका कार्यसमिति सदस्य राजेन्द्र चित्रकारको प्रस्तुतिमा संगीतमय वातातरणमा सम्पन्न उक्त श्रृङ्खलाको अन्तमा समाजका अध्यक्ष राजुराम मुनंकर्मीबाट कार्यक्रमको सफल व्यवस्थापनका लागि धन्यवाद ज्ञापन गर्दै समाजको तर्फबाट शारदा उच्च मा.वि.का प्रिन्सिपल रोशनराज तुईतुइलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू