अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

सलमान खान ग्लोबल डाइभर्सिटी पुरस्कारबाट सम्मानित

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १५:२८ मा प्रकाशित

भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसद्मा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ ।

सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पु¥याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ ।

बेलायती संसद्मा लामो समयदेखि सांसद रहनुभएका भारतीय मूलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गर्नुहुँदै भन्नुभयो, “सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुनुहुन्छ । भारतीय सिनेमा जगतमा त उहाँ एक सफल व्यक्तित्व हुनुहुन्छ न यस बाहेक उहाँ एक प्रसिद्ध समाजसेवी पनि हुनुहुन्छ । ”

“सलमानखानको एक गैरसरकारी संस्था, विइङ ह्युमन, ले भारतीय गरिब जनताको जीवन परिवर्तनमा उल्लेखनीय भूमिका रहेको छ । यो सम्मान उहाँलाई दिन पाउँदा म बहुतै खुसी भएको छु ।”

पुरस्कृत अभिनेता सलमानले आँफूले शनिवार ग्रहण गरेको पुरस्कार सम्मानित पुरस्कार भएको जनाउँदै भन्नुभयो, मेरा पिताजीले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाँउला भन्ने सोच्नु भएको थिएन तर मैले यो सम्मान पाएको छु । म अत्यन्तै खुसी छु । मैले यस अवसरमा सबै प्रशंसकको धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

सलमान पहिले यो पुरस्कारबाट वलिउड अभिनेता अमिताभ वच्चन, ऐश्वर्या राय, चिनियाँ एक्सन आइकन जैकी चान, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, अमेरिकी मानव अधिकारकर्मी जैकी जेक्सन लगायत सम्मानित हसनुभएको थियो । रासस÷पीटीआई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू