धर्म र समाज – निशा अर्याल

निशा अर्याल

नेपाली समाज आजसम्म पनि अशिक्षाले ग्रसित छ । यही अशिक्षाको परिणामस्वरुप आफ्नो धर्म र संस्कारको अर्थ, महत्त्व, र गरिमालाई बुझ्न नसकेको सामाजिक अवस्था अहिले व्याप्त छ । यही सत्य र असत्य छुट्याउन नसक्नेहरुलाई नै दिनानुदिन जीवनका भौतिक र आत्मिक पीडाबाट मुक्त गर्ने हाम्रो उद्देश्य हुनुपर्ने हो । त्यसमा पनि नेपालको आफ्नो संस्कृति र समाजको परम्परालाई समय साक्षेप बनाउने र जीवनका हरेक पक्षमा सहयोगी, दृढसाहसी बनाउँदै सबैलाई समेटेर अगाडी लैजानु र अन्धविश्वास, कुरीतिबाट पीडित, अचेतनाका कारणले गर्दा आफ्नो धर्म र संस्कारलाई बुझ्न नसकेका जमातलाई शिक्षित गर्दै लैजाने काम हामीले गर्नुपथ्र्यो । तर समयमै त्यस्तो हुन नसक्दा धर्म परिवर्तनको खेती निक्कै मौलाउँदै गएको देखिन्छ । यसरी विभिन्न लोभको आगोमा होमिएर पिल्सिएका पीडित व्यक्तिहरूलाई बाहिर निस्कन निक्कै गा¥हो छ अब । गरिबीका कारणले हावाबिना निसासिएभका जनतालाई सही मार्गमा डोहो¥याउन जरुरी छ ।

आफ्नो देशभित्रै उचाल्ने यी धार्मिक मुकुण्डोधारी विदेशी दलालको प्रलोभनवाट मुक्त गर्नु हाम्रो परम्कर्तव्य हो । गरिबीको आडमा घूसपैठ गरी हिन्दुत्वको जरो उखेल्नु नै यो तमाम प्रचारप्रसारको उद्देश्य रहेको छ । ‘येशु’ ले कहिल्यै पनि पैसाको लालचा देखाएर वा जवजस्ती आफूलाई मान्नुपर्छ वा त्यस्तो जमात बनाउनुपर्छ भनेनन् । तर यी दलालहरु आफू ठुलो हुन र ‘येशु’ को वदनाम गर्न केही कुरामा पछि परेनन् । यदि उनीहरूले धर्म आफंै लागू गर्ने हो भने कहिल्यै अरूलाई पैसाको बिटो थमाएर धर्म परिवर्तन गर भन्दै अरूको संस्कारलाई लत्याउनेजस्ता घृणितकार्य गर्ने थिएनन् । एकपल्ट गम्भीर भएर सोच्नुहोस् त, आज कैयौँ क्रिश्चियन धर्ममा लागेकाहरुको मुसलमानले रेटेर र गोली हानेर मारीरहेको अवस्था छ । क्रिश्चियनको सालिक तोडफोड गर्दा किन उनीहरू त्यहाँ आफ्नो धर्मको रक्षा गर्न सकिरहेका छैनन् ? यदि चमत्कार देखाएर शक्तिवान् भन्दै धर्म परिवर्तन गराउनेले त्यहाँ मारिँदै आएकाको किन रक्षा गर्न सकिरहेका छैनन् त ?

आखिर धर्म भनेको के हो ? धर्मले अरूलाई होच्याउनु भन्छ ? हो, हामीले सामाजिक सदभाव, सहिष्णुता र मेलमिलापलाई धर्मको मुख्य कडी मानेका छौँ । किनकि, हाम्रो देश नेपालभित्र आफ्नो संस्कार र आफ्नो धर्म छ चाहे जुन जातिका भए पनि । तर हामीले कहिल्यै नभुल्ने कुरा भनेको हामी ॐकार परिवारका सदस्य हौँ, हिन्दु हौ । जसलाई हामीले गर्वको विषय बनाएका छौँ । हामीले यसमा गर्व गर्न सक्नुपर्छ । जहाँ हामी घन्टीको आवाज र शंखको धुनमा आनन्दको अनुभूति गर्दै ईश्वरप्रति नतमस्तक हुन्छौं, हो त्यसैले मलाई कसैले मेरो हिन्दूधर्मको विपरीत आफ्नो धर्मको व्याख्या गर्दा किनकिन फोहर पानीले छयापेजस्तै लाग्छ । मलाई यस्तो भएर आउँछ कि म विषालु कुण्डमा कतै होमिदै छैन ? आफ्नो धर्मको खिलाफ कुनै कुरा सिकाउँछ वा पैसाको बिटो देखाएर धर्म परिवर्तन गराउँछ भने त्यो घृणित हो ।

हिजो–आज येशुलाई बदनाम गर्ने ती ढोँगी धर्मभिरुसँग घृणाको भाव बढ्दै जान्छ । मेरो धर्म र संस्कार आफैमा सुरक्षा कवज हो । हिन्दूधर्मले रक्षा गरी रहँदा किन अन्य देशको संस्कार मेरो देशमा ? साँच्चै यस्तो बेला मलाई याद आउँछ दार्शनिक वैज्ञानिकहरूले भनेका छन् नि ‘धर्मविनाको विज्ञान, अनि विज्ञानविनाको धर्म लंगडो हुन्छ । हो मलाई हिजो आज यो देशमा भइरहेको तोडफोड र अरूको देशबाट आएका दलालले सिकाएको भरमा आफ्नो देशभित्र रहेको प्राकृतिक सुन्दरता, विश्वमा नै धर्मको शक्तिको रूपमा मानिदै आएको मन्दिरभित्र गरेका अनेकौँ अपराधहरु देखेर म स्तव्ध हुन्छु । ‘ओहो कस्तो विडम्बना ! आफ्नो देश भित्रकाले गर्ने नाइँ नास्तिक कस्तो लज्जात्मक भन्न पनि र सुन्न पनि ।

डलरको खेती गरेर धर्म परिवर्तन गर्ने गराउने काम शिक्षित भनिएकाबाट भएका छन् । सरकारी अफिसर कर्मचारीहरू जस्ता त पैसाको विटोले तराजुमा जोखिन्छन् भने गरिब, असहाय, र भोक–रोगले पीडितहरुको के कुरा गर्नु ? केही बुज्रुकहरु आफ्नो अभिमान, सान, इज्जत, गौरव, धर्म, संस्कारलाई पैसाको लालचले कुल्चिंदै ढोँगी भएर काँचुला फेर्दछन् ।

धार्मिक सहिष्णुतामा शान्तिसँग पुस्तौंपुस्ता बिताउँदै आएका र विश्वविख्यात बौद्ध धर्मका प्रणेता हाम्रो नेपालमा जन्म लिएका गौतम बुद्ध अनि सनातन् हिन्दूधर्म बौद्धधर्म र नेपालभित्र रहेका जातीय धर्महरु एक–आपसमा मिलेर हातेमालो गरिरहेकै थिए । विनाविवाद हजारौँ वर्ष वित्दा पनि । आज क्रिश्चियन धर्मले प्रवेश पाउनासाथ यो कलह, झगडा किन ? मठ, मन्दिर, गुम्बा, धार्मिकस्थल र मृत्यु संस्कारमा पनि क्रिश्चियनको आतङ्क किन ? यिनीहरू किन टाढा बसेर नै नेपाली संस्कारलाई देखेर थपडी बजाउने गर्दछन् ? के एकपल्ट मौन भएर देशको बारेमा आफ्नो धर्मसंस्कारको बारेमा सोचेका छौँ ? दसैँमा लाग्ने मेलामा टाँगिएको लिंगेपिङको रमाइलो हेरेझैं गरी देशभित्र आफन्तमा लगाएको आगोको तातो कतिन्जेल तापी रहन्छौं ? अनि कतिन्जेल उनीहरूसँग रमाउँछौ ? सक्छौ भने सत्य र न्यायमा विश्वास गर्नेहरुको धर्म परिवर्तन गराएर हेर ?

हो अब हाम्रो हिन्दूधर्म भित्र रहेका हरेक जातजातीय, धर्मलाम्बीहरुले एकजुट भएर हाम्रो देशमा आयातीत धर्मविरुद्ध सबै एक भएर प्रतिकार गरौँ  र अब हाम्रो देशभित्र पनि सरकारी निकायमा धर्मको रेकर्ड राख्ने व्यवस्थाको अविलम्ब थालनी हुनुपर्छ, र धर्म परिवर्तनको प्रक्रियाका साथै सरकारी निकायमा रजिष्ट्रेसन र स्वीकृतिको प्रावधानको थालनी गर्नैपर्छ र धर्म परिवर्तनको कारण र त्यसको दूरगामी असरको सबैमा जानकारी भए मात्र हाम्रा मठ, मन्दिर, गुम्बा तथा धार्मिक स्थलहरु संरक्षित हुनेछन् । पवित्रतामा कसैले औला ठड््याउने छैन । सायद यसपछि मात्र देशमा शान्तिको किरण गुञ्जिनेछ । साँच्चै भन्ने हो भने धर्म भनेको धारण गर्ने भावना, सोच र व्यवहार हो । ‘धारान्त धर्ममित्याहँ, धर्मो धारयान्ति प्रजा’ भन्ने गरिन्छ । यो स्वर्गको टिकट विक्री गर्ने कुनै ठेकेदारको पसल होइन, तर हिजो–आज नेपालीको गरिबीलाई भजाएर धर्मको खेती गर्ने ‘फिरिंगी’ हरुको बढ्दो चहलपहलले हामी सबैलाई गम्भीर बनाएको छ, धर्म भनेको त आस्थाको नाम हो, विश्वासको नाम हो, निष्ठाको नाम हो, तर अलिकति ‘पैसा’ पाउँदैमा कसैको आस्था, निष्ठा, भक्ति र श्रद्धाको बाटो नै बदल्ने काम गर्छ भने त्यसलाई के भन्ने ?

कसैको आस्था, निष्ठा, भक्ति र श्रद्धाको बाटो नै बदलिन सक्छ भने त्यसलाई कसरी ‘असल’ मान्छेमा गणना गर्ने ? कुनै मान्छे पैसा पाएको भरमा आफ्नो ‘पूर्वजदेखिको आस्थाको त व्यापार गर्नसक्छ भने अझै धेरै पैसा पाउँदा त्यसले के मात्र बेच्दैन होला ? तसर्थ, धर्मको कुरा आउँदा गम्भीर भएर सोचौं । पैसा पाइन्छ भन्दैमा भिरबाट फालहाल्नु उचित नहुन पनि सक्छ । त्यसैले जहिले पनि मनमा राखुँ– ‘स्वधर्मे निधनम् श्रेय परधर्मो भयावह । ॐ शान्ति शान्ति शान्ति ।’

Published on September 16, 2017 at 12:40 pm

Loading...

यसमा तपाइको मत