अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

धौलाकोतीलाई जापानका नेपालीको सहयोग

बिआरटीनेपाल २०७४ भदौ ३१ गते ४:२३ मा प्रकाशित

आगोले जलेर गम्भीर घाइते भएकी पोखरा लेखनाथ महानगरपालिका–१ बगरकी अनिता धौलाकोतीको उपचारका लागि जापानमा रहेका नेपालीबाट रु ७० हजार ९०० सहयोग प्राप्त भएको छ ।

रोजगारीका सिलसिलामा जापानमा रहेका सागर गुरुङको सक्रियता संकलित सो रकम उहाँका भाइ योगेशले घाइतेका श्रीमान् सन्तोषलाई शुक्रवार हस्तान्तरण गर्नुभयो ।

स्टोभमा पम्प दिँदै गर्दा अचानक मट्टीतेलसँगै उछिट्टिएर आएको आगोले १७ वर्षीय अनिताको शरीरमा पर्दा छाती, ढाड र हातको भाग जलेर गम्भीर घाइते भई हाल सुष्मा कोइराला मेमोरियल हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ ।

जलेको भागमा छालाको शल्यक्रिया सम्पन्न भएको । अहिले नियमित थेरापी गरिरहेका र अवस्था सुधारका क्रममा रहेकाले छिट्टै निको हुने चिकित्सकले बताएको घाइते धौलाकोतीले बताउनुभयो । धरानका सन्तोष धौलाकोती र म्याग्दीका अनिता बस्नेतले दुई वर्षअघि प्रेम विवाह गरेका हुन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू