अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

वासिङ्टन डिसीको ईन्द्रजात्रामा लाखेनाच हेर्न ६०० नेपाली

बिआरटीनेपाल २०७४ भदौ ३० गते १७:४७ मा प्रकाशित

नेवा: अर्गनाईजेसन अफ् अमेरिका ( NOA ) को आयोजनामा भएको येन्या पुन्ही ( इन्द्र जात्रा )करिब ६०० – ७०० नेपालीहरूको सहभागितामा भब्यताकासाथ सम्पन्न भएको छ। अमेरिकाको राजधानी वासिङ्टन डिसी नजिकै म्यारिल्याण्डको गेथेसबर्ग बोएड्स स्थित ब्ल्याकहिल रिजनल पार्कमा यही सेप्टेम्बर ११ तारिख आइतबारका दिन आयोजित इन्द्र जात्रामा आयोजकहरुले सोँचेभन्दा बढ्ता सङ्ख्यामा नेपालीहरूको सहभागिता भएकोले नेवारी खाना समयबजी सबैलाई पुर्‍याउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । 

अमेरिकाका लागी महामहिम नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको प्रमुख-आतिथ्यमा कार्यक्रमको सुरुमा आयोजित संक्षिप्त स्वागत समारोहमा प्रमुख अतिथिको मन्तव्यमा राजदूत डा. कार्कीले भन्नुभयो प्रवासमा पनि नेपालको संकृती चिनाउने काममा नेवा: अर्गनाईजेसन अफ् अमेरिका (NOA) ले गरेको यस्तो प्रसंशनिय कार्यमा नेपाली राजदूतावासले एक्यबद्धता जनाउन पाउँदा हामीलाई खुसी लागेको छ । संयुक्त राष्ट्रसंघको सभामा भाग लिन नेपाल देखी आएका पाहुना राज मनिकारले समेत छोंटो मन्तव्य राख्नु भएको थियो। बरिस्ट उपाध्यक्ष पुष्कर प्रजापतिले नेवारी, अङ्ग्रेजी र नेपाली तिन वोटा भाषामा सञ्चालन गरेको उक्त स्वागत-समारोहमा अध्यक्ष बबिता प्रधानले उपस्थित सबैलाई स्वागत गरेकी थिइन्। 

इन्द्र जात्रामा लाखे नाच, अष्टमातृका, गणेश, भैरव, कुमारीको नृत्य, पुलुकिसी र ८ ओटा देवी भगवानको नृत्यहरु प्रस्तुत गरिएका थिए ।कार्यक्रममा नेवा: संस्कृतिका स्कलर तथा पुरोहित बसव राजोपाध्याको निर्देशनमा येन्या पुन्ही इन्द्र जात्रा को ऐतिहासिक नाटक प्रस्तुत गरिएको थियो। येन्या पुन्ही इन्द्र जात्रा किन र कसरी मनाउने चलन सुरु भएको भन्ने ईतिहास भएको यस्तो नाटक नेपालमा पनि कहिल्यै प्रदर्शन नभएकोले नेपाल तथा नेपाल बाहिर संभवत: यो पहिलोपटक हो एनओएका निबर्तमान अध्यक्ष रामलाल श्रेष्ठले जानकारी गराउनुभयो।

ईन्द्रजात्रामा नृत्य गरेका कलाकारहरू सबैजनाको अनुहारमा सेतो,रातो, निलो, पहेँलो रङ्गले पोतिएको र आ-आफ्नै देवी देवताको भेष भूषामा प्रस्तुत भएका नेवा : कलाकारहरू सबै जना पेसाले एक से एक थिए । जस्तो लाखेलाई छु मन्तर गरेर ठिक् पार्ने कलाकार थिए बेलायतको बिश्वो प्रख्यात क्याम्ब्रिज बिश्वो विद्यालयबाट पिएचडी गरेर अमेरिकी सरकारको वैज्ञानिक पदमा कार्यरत डा. रोशन लाल श्रेष्ट, सुनिता अमात्य, यज्ञ मान शाक्य, जयम्बु रंजित ,दिवाकर धौडेल ,मिल श्रेष्ठ, समिरा श्रेष्ठ देवी रूक्मनी ,मेधावी रंजित भगवान् श्री कृष्ण ,ललिता महर्जन वशुन्धरा देवी, नवीन मोहन रंजित इन्द्र महाराज ,सुशील लाल श्रेष्ठ तान्त्रिक माली, शिवराज जोशी गुणकामदेव मल्ल राजा, महान् तान्त्रिक ,शिवराज जोशी लाखे ,बाल कलाकार द्वय अभि धौभडेल र मनु प्रधान तथा लोचनी तारा शाक्य त्रिपुरा सुन्दरी भगवतीको रूपमा नृत्य गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू