अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार

बिआरटीनेपाल २०७४ भदौ ३० गते ६:३१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको छ । साहित्यकार भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको  उपाध्यक्षमा भगवती बस्नेत(इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहनु भएको छ भने सदस्य सचिबमा बिजया सिम्खडा (अमेरिका) र कोषाध्यक्षमा बिमला निरौला (अमेरिका) रहनु भएको छ |

यसैगरी सदस्यहरुमा कुन्ती थापा(अमेरिका), सानु घिमिरे (अष्ट्रेलिया), जीवन अर्याल (जापान), मिना शाक्य प्रधान (अमेरिका), पुनम काफ्ले (अमेरिका), लारा (बेलायत), बाबा बस्नेत (नेपाल), र अश्मिता सुमार्गी (नेपाल) रहनु भएको छ|

समितिले  यस अबधिमा तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मलेनको आयोजना, विश्वभर छरिएर रहेका महिला साहित्यकारको रचना संकलन गरी कृति प्रकाशन गर्ने, नवरत्न नारी पुरस्कार प्रदान गर्ने र महिला साहित्यकारको बायोडाटा प्रकाशन गर्ने छ । यसबाट विश्वभर छरिएर रहेका नेपाली महिला साहित्यकारलाई एक सुत्रमा बाँध्न मद्दत पुग्ने  बिश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू