अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

जाकार्तामा अवैतानिक महावाणिज्यदूतको कार्यालय स्थापित

बिआरटीनेपाल २०७४ भदौ २९ गते १२:५४ मा प्रकाशित

इण्डोनेशियाको राजधानी जाकर्तामा नेपाली अवैतानिक महावाणिज्यदूतको कार्यालय स्थापना भएको छ ।

उक्त कार्यालयको बुधबार जाकार्तामा इण्डोनेशियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेत र जाकार्ताका उपसहायक गभर्नर मरुल्लाह मटालीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको मलेसियास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । सन् १९६० देखि नेपाल र इण्डोनेशियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इण्डोनेशिया नेपालमा निर्यात गर्ने चौथो ठूलो देश मानिन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बस्नेतले महावाणिज्यदूतको कार्यालय स्थापनाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई विस्तार गर्नाका साथै व्यापार र लगानी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा लगानीको आकर्षण रहेकाले दुई देशबीच व्यापार विविधताका क्षेत्रमा सहकार्य हुनसक्ने बताउनुभयो । कार्यक्रममा जाकार्ताका कूटनीतिक, व्यवसायी, तथा उच्च सरकारी अधिकारीको सहभागिता थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू