अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

बिआरटीनेपाल २०७४ भदौ २८ गते १८:२१ मा प्रकाशित

भुटानमा हुने साफ अठार वर्षमुनि (यु–१८) च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आगामी असोज २ देखि ११ गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक छिरिङ लोप्साङले अर्पण कार्कीको कप्तानीमा २३ सदस्यीय टोलीको छनोट गरेका हुन् ।

टोलीको उपकप्तानमा प्रेजन तामाङ, गोलरक्षक सन्देश गुरुङ र अभिषेक बराल छन् भने डिफेन्डरमा सुमन अर्याल, विश्वास उदास, राजन गुरुङ, रोमन लिम्बू, आकाश श्रेष्ठ, असीम भुसाल, विकास खवास तथा निराजन महर्जन छन् ।

मिडफिल्डर अशोक थापामगर, अभिषेक रिजाल, एरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङदम्बे, राम ओजे, राजिव लोप्चन तथा दिनेश हेन्जन छनोटमा परेका छन् । त्यस्तै फरवार्डमा धिरज श्रेष्ठ, दिपेश आलेमगर, रेजिन सुब्बा र प्रेजेन तामाङ छन् ।

पाँच राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल असोज ४ गते आयोजक भुटानसँग खेल्नेछ । दोस्रो खेल असोज ६ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने असोज ९ गते बङ्गलादेश तथा ११ गते भारतसँग खेल्नेछ । कमलाद्वारा तीन राष्ट्रिय कीर्तिमान नेपाली सेनाकी कमला श्रेष्ठ प्रथम सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन् ।

काठमाडाँै जिल्ला भारोत्तोलन सङ्घको आयोजनामा आज भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथै कुलमा १४३ केजीका साथ आफ्नो नाममा नयाँ कीर्तिमान बनाएकी हुन् ।

यसअघि यस विधामा २०७० सालमा काठमाडौँमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीको नामम स्नाचमा ३५, क्लिनमा ५३ र कुलमा ८८ केजी तौलको कीर्तिमान कायम रहेको थियो । यस विधामा नेपाली सेनाकी मनिता श्रेष्ठ ६१ र ८० केजी गरी कूल १४१ केजीका साथ दोस्रो स्थानमा रहिन् ।

सोही तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ केजी र क्लिनमा ६८ केजीका गरी कूल १२३ केजीका साथ पहिलो भइन् भने नेपाली सेनाकी उषा खड्का स्नाचमा ५५ र क्लिनमा ६७ केजी सहित कुलमा १२२ केजीका साथ दोस्रो भइन् ।

प्रतियोगिताको सिनियर ५३ केजी तौल समूहमा बाँकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । यसअघि उनले एशियन युथ एण्ड जुनियर च्याम्पियनसिपमा ८० केजी भारका साथ नयाँ कीर्तिमान कायम गरेकी थिइन् । उनले स्नाचमा ५७ र कुलमा १३८ केजीका साथ स्वर्ण प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी झापाकी सुमी भट्टराईले कूल ४९ केजीका साथ रजत पदक जितिन् ।

यसै स्पर्धाको जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्नाचमा ३५ र क्लिनमा ५१ गरी कूल ८६ केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् भने सप्तरीकी सन्तोषी यादव दोस्रो तथा पर्साकी रविना बस्नेतले तेस्रो भइन् । ललितपुरस्थित बालकुमारी ब्याङ्गक्वेटमा भएको उक्त प्रतियोगिताको ४८ केजी जुनियरमा झापाकी करिना चौधरीले स्नाचमा २८, क्लिनमा ३७ केजी गरी कुलमा ६५ केजीका साथ स्वर्ण पदक पाइन । त्यस्तै सप्तरीकी सरिता यादव र सप्तरीकै वन्जिता थापामगर क्रमशः दोस्रो र तेस्रो भए ।

सोही स्पर्धाको सिनियरतर्फ नेपाली सेनाकी रीताकुमारी गुरुङले स्नाचमा ४० र क्लिनमा ४५ गरी कुलमा ८५ केजीको भार बहन गर्दै स्वर्ण पदक प्राप्त गरिन् भने बाँकेकी ताराकुमारी चौधरीले रजत पदक जितिन् ।

यस्तै, ५८ केजी जुनियरतर्फको खेलमा कास्कीकी टिकामाया गुरुङले स्वर्ण पदक हात पारिन् भने सप्तरीकी काजल यादवले रजत जितिन् । सोही तौलको सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्णपदक हात पारिन् । विजयी खेलाडीहरुलाई बिहीबार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू