अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

‘लिटिल किङ एण्ड क्विन’को उपाधि अविरल र दियालाई

बिआरटीनेपाल २०७४ भदौ २८ गते १३:१३ मा प्रकाशित

क्विन्स इभेन्टले आयोजना गरेको दुई भिन्न उमेर समुहका बालबालिका तथा किशोर–किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिता ‘लिटिल किङ एण्ड क्विन’ सम्पन्न भएको छ ।

प्रतियोगिताको किशोर–किशोरीबीच सम्पन्न प्रतिस्पर्धामा अविरल खत्री तथा दिया शाक्यले लिटल किङ तथा लिटिल क्विनको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा रञ्जना गापी तथा सुनयना दुवालले फस्ट रनर्स अप तथा अस्मिता अवाल र प्रोमिस थापाले सेकेण्ड रनर्स अपको उपाधि जिते । अञ्जली पात्र तथा राजिव सुवालले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए

बालबालिकातर्फको प्रतिस्पर्धामा मलिना रोक्का तथा अनिकेत मुल्गुथीले मुख्य उपाधि जितेका छन् । भक्तपुरको टुरिजम मार्केटमा आयोजित बालबालिकातर्फ बिबिका लामा तथा सोनु बासुकलाले फस्ट रनर्स अप तथा अमिशा ढकाल र रेहान दुवालले सेकेण्ड रनर्स अपको उपाधि जिते । प्रतियोगितामा कृना खोजु तथा अनुप राईले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए ।

प्रतिक्रिया