अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

सेवाग्राही पर्ब बहादुर राईलाई ‘आईएमई छक्का–पञ्जा’ अफरको ६ लाख

बिआरटीनेपाल २०७४ भदौ २८ गते १३:०३ मा प्रकाशित

यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउनु हुने राई भाग्यशाली विजेता छनोट  हुनुभएको हो ।

बुधबार आईएमई गु्रपले जारी गरेको बिज्ञप्ती अनुसार विजेता राई वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नुहुनेछ ।

यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सय जना आईएमई पे क्यास मार्फत् पुरस्कृत भइसक्नु भएको छ । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू