अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड २ लाख सहयोग

बिआरटीनेपाल २०७४ भदौ २८ गते १२:२७ मा प्रकाशित

दक्षिण कोरियालीको कोरीया साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वन (Chang, Jae Won)ले उक्त रकम हस्तान्तरण भएको हो ।

उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रधानमन्त्री महराले कोरीया साउथ–इष्ट पावर कम्पनीले बाढिपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कम्पनीले सुरु गरेको माथिललो त्रिसुली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली–१–(216MW)परियोजान भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराउनुभयो । उहाँले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन आग्रह समेत गर्नुभयो ।

जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू