रशलाईट मिडिया प्रा.लिको ‘दशैं फेशन नाइट-२०१७’ असोज ७ गते

बिआरटि नेपाल सम्बाददाता-काठमाडौं, २७ भदौ

रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशैंको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा हुने उक्त शोमा नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने इभेन्ट म्यानेजर सनिल महर्जनले जानकारी दिए । डिनाज कलेक्सन, जोजालप्पा कलेक्सनको डिजाइनको ड्रेसमा मोडलहरु ¥याम्पमा प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ ।

फेशन सम्बन्धी कार्यक्रम गर्ने रशलाईट मिडियाले एउटै स्टेजमा चर्चित मोडलहरुलाई प्रस्तुत गर्न लागेको छ । असोज ७ गते शनिबार बेलुका ५ बजेबाट सुरु हुने उक्त नाइटमा नेपालका लोकप्रिय चर्चित ब्राण्डहरुको सहयोग रहेको छ ।

 

Published on September 12, 2017 at 9:02 am

Loading...

यसमा तपाइको मत