अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

देउवाको न्यूयोर्क भ्रमणमा साढे चार करोड खर्च

बिआरटीनेपाल २०७४ भदौ २७ गते २:२३ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन जाने भएका छन्। २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दे आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्यूयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन् । प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार खर्च हुने भएको छ।आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू