अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

सेप्टेम्बर ११ का पीडितको सम्झना गर्दै ट्रम्पद्वारा एक मिनेट मौनधारण

बिआरटीनेपाल २०७४ भदौ २६ गते १९:५० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी इतिहासमै दर्दनाक घटना मानिएको सन् २००१ को सेप्टेम्बर ११ मा भएको घटनालाई राष्ट्रपतिका रूपमा सोमबार वासिङ्टनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।

भण्डै तीन हजार अमेरिकी तथा विदेशी नागरिकको मृत्यु हुनेगरी गरिएको आक्रमणमा निधन भएका नागरिकको सम्झनामा वासिङ्टन, न्यु योर्क, म्यानह्याटन लगायतका ठाउँहरूमा कार्यक्रम गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्प तथा उहाँकी धर्मपत्नी मेलानियाले आफ्नो छातीमा हात राखी टाउको निहुराएर मन्द घन्टीको तालमा आक्रमणमा ज्यान गुमाएका नागरिकलाई सम्मान व्यक्त गर्नुभएको थियो ।

सोह्रबर्ष पहिले अमेरिकाका छुट्टाछुट्टै स्थान पेन्टागन तथा पेनसिल्विनियामा अलकायदा समूहले विमान अपहरण गरी गरेका आक्रमणमा परी दुई हजार ९९७ जनाले ज्यान गुमाएका थिए ।

रक्षा मन्त्री जिम म्याटिस तथा अमेरिकी सेनाका अध्यक्ष जोसेफ डनफोर्डले सानक्सविलमा छुट्टै कार्यक्रममा सहभागी बनी घटनामा शाहदत प्राप्त गरेका पीडितप्रति सम्मान व्यक्त गर्नुभएको छ । रासस÷एएफ्पी

(Photo by Win McNamee/Getty Images)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू