अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

५ सुत्रिय घोषणापत्र सहित ‘अनेसास अन्तराष्ट्रिय सम्मेलन’ अष्ट्रेलियामा सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ २५ गते २३:२१ मा प्रकाशित

अन्तराष्ट्रि नेपाली साहित्य समाजको अन्तराष्ट्रिय सम्मेलन अष्ट्रेलियामा सम्पन्न भएको छ । बिबिध कार्यक्रमका साथ दुई दिन सम्म चलेको सम्मेलन आईतबार ५ सुत्रिय घोषणापत्र सहित अष्ट्रेलियाको पर्थमा सम्पन्न भएको हो ।

बिभिन्न शिर्षकमा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा कवि तथा साहित्यकारका कविता बाचन र साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । बृहत साहित्यिक सम्मेलनमा सन्ध्या पहाडी, एल बि क्षेत्री, प्रकाश गौतम, मिना अधिकारी, काशिराम पाण्डे, सानु घिमिरे, ममता तिवारी, निरज क्षेत्री, राम लामा ‘अविनाशी’, डन कार्की, बाबा बस्नेत, तिर्थराम अधिकारी, डा. रेणु थापा सोलु, कमला रिसाल, पदम बिश्वकर्मा, केदार पोख्रेल, शान्तिराम ढकाल, प्रकाश चन्द्र घिमिरे लगायतका ४० जना कवि तथा गीतकारले आफ्ना सृजना सुनाएका थिए ।

संस्कृतिविध, कवि तथा बरिष्ठ साहित्यकार डा. तुलसी दिवसको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसास अष्ट्रेलिया च्याप्टरका तर्फबाट सानु घिमिरेले अष्ट्रेलियामा नेपाली साहित्य बिकाश शिर्षकमा कार्यपत्र प्रस्तुत गरेकी थिईन भने बर्तमान नेपालको साहित्यको मुल प्रवाहमा डायस्पोराको साहित्य शिर्षकमाथी अनेसास केन्द्रले तयार पारेको कार्यपत्र डा. लक्ष्मण्म गौतमले प्रस्तुत गरेका थिए ।जसको शमिक्षा साहित्यकार द्वय युवराज नयाँघरे र मोहन सिटौलाले गरेका थिए ।

यस अघि सम्मेलनको पहिलो दिन अर्थात शनिवार सम्मेलन उद्घाटन समारोहमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्मारिका ‘अन्तरदृष्टी’ सहित थुप्रै साहित्यिक कृति र गिती एल्वमहरुको एकसाथ बिमोचन गरियो । जसमा भिमसेन सापकोटाको ५ सय मेरिटेसनल स्टोरी संग्रहित ‘सफल जीवनका अमुल्य शुत्र’, गणेश घिमिरेको गजल संग्रह ‘यादहरुको पहाड’, राजेन्द्र बुढाथोकीको कविता संग्रह ‘जलिरहेको एउटा देश’, राधेश्याम लेकालीको ‘नाथे भाव’, लकाश पौडेलको ‘विनियोग’, ‘फुलेन गोदावरी’ लगायत बाबा बस्नेतको आधुनिक गिती संग्रह ‘बिहानी’ र चिन्तामणी योगीको शब्द र भिमसेन सापकोटाको स्वरमा रहेको एल्वम ‘बिचार बिम्बको’ पनि बिमोचन गरिएको थियो भने  अनेसास बोर्ड अफ ट्रस्टी तथा व्यवसायि राम लामा अविनाशीले स्थापना गरेको २ हजार अमेरिकी डलर राशीको ‘राम लामा अविनाशी’ पुरस्कारबाट लामो समयदेखी साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएका लेखक होमनाथ सुवेदी सम्मानित भएका थिए ।

सम्मानित साहित्यकार होमनाथ सुवेदीलाई पुरस्कारका संस्थापक राम लामा अविनाशीले नै पुरस्कार राशीको चेक हस्तान्तरण गरेका थिए, साथै अविनाशीले यो पुरस्कारको स्थापना र उद्धेश्यवारे प्रकाश पार्दै सम्मेलनको सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै शनिवार डायस्पोरामा नेपाली साहित्यको प्रवद्धन तथा सम्वद्धन शिर्षक माथी एल बि क्षेत्रीको अध्यक्षतामा तयार पारिएको कार्यपत्र गणेश घिमिरेले प्रस्तुत गरेका थिए ।

आईतबारको कार्यक्रममा सम्मेलन सम्पन्न गर्न महत्वपुर्ण सहयोग पुर्याउने ब्यक्तीहरुलाई सम्मान पत्र प्रधान गरिएको थियो भने नयाँ आजिवन सदस्यता लिएका ब्यक्ती र बोर्ड अफ ट्रस्टीलाई प्रमाण पत्र बितारण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू