अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

मेक्सिकोको शताब्दीकै शक्तीशाली भुकम्पमा परि मृत्यु हुनेको संख्या ६१ पुग्यो

बिआरटीनेपाल २०७४ भदौ २४ गते १०:५५ मा प्रकाशित

मेक्सिकोको दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर बिहीबार राति गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । पछिल्लो जानकारी अनुसार ७० किलोमिटर गहिराईको रहेको ८ .२ म्याग्निच्युडको सो शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या मृत्यु हुनेहरुको संख्या ६१ पुगेको हो ।

रातीको समय भएकाले अधिकाशं मानिस घरभित्रै थिए र उनिहरु भुकम्प गएको समय खाना खाने र सुत्ने तयारीमा भएका कारण पनि मृत्यु हुनेको संख्या बढि भएको थियो । भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ ।

मेक्सिकोको एक शताब्दी यताकै शक्तिशाली भूकम्प मानिएको सो भूकम्पको केन्द्रविन्दुभन्दा १,००० किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो भने भूकम्प लगत्तै मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू