अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 11:44

नेजाद्वारा एनआरएनको निर्वाचित पदाधिकारीलाई धन्यवाद प्रदान

बिआरटीनेपाल २०७४ भदौ २३ गते २३:२३ मा प्रकाशित

अमेरिका, ८ सेप्टेम्बर । नेपाली मूलका अमेरिकामा रहेका पत्रकारको संस्था नेपाल अमेरिका पत्रकार संघ,नेजाले एनआरएन एनसिसि अफ अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट २०१७-२०१९ कार्यकालको लागि डा. केशव पौडेलको अध्यक्षतामा चुनिएको कार्य समिति तथा सम्पूर्ण स्टेट च्याप्टरका निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।

महासचिव तोया दाहालद्वारा प्रेषित बक्त्व्य्मा नवनिर्वाचित कार्यसमितिले अमेरिकामा रहेका नेपालीहरू तथा मातृभूमि नेपालको लागि सदैव रचनात्मक कार्य गर्दै आफूलाई उदाहरणका रूपमा प्रस्तुत गराउन सकोस भनी शुभकामना प्रदान गरेको छ । नेजाले नेपाली समुदायको हितको लागि आगामी दिनमा दुवै संस्था बिच सहकार्य गर्दै जान अपिल समेत गरेको छ ।

प्रतिक्रिया