अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

ग्याल्सुम्दोको अध्यक्षमा छिरिङ्ग राप्के विजयी

बिआरटीनेपाल २०७४ भदौ २२ गते १७:१८ मा प्रकाशित

न्यु योर्क । न्यु योर्कमा क्रियाशील ग्याल्सुम्दो सेवा सस्थाले नयाँ नेतृत्व पाएको छ । यसै साता सम्पन्न सस्थाको आठौ महाधिवेशनले छिरिङ राप्के लामाको अध्यक्षतामा नौ सदस्यीय कार्य समितिको चयन गरेको हो । लामा यस अघिको कार्यकाल महासचिव थिए । ग्याल्सुम्दो तल्लो मनाङबाट अमेरिकामा आइ बसोबास गर्ने हरुको संस्था हो ।

न्यु योर्कमा सम्पन्न महाधिवेशनमा राप्केले पासाङ लामालाई हराए । सस्थाको विधान अनुसार तल्लो मानाङका साविकको चार गाउँ विकास समितिलाई आधार मानेर हरेक गाविसबाट दुई दुई जना र बढी जनसङ्ख्या भएको गाविसबाट थप एक जना गरी नौ जना कार्यसमितिका लागि चयन हुन्छन् सोही नौ जना बिचको मतदानमा राप्केले पाँच मत पाए भने पासाङले चार मत पाएका थिए । कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।

उपाध्यक्षमा थुप्तेन घ्याल्छेन, महासचिवमा याङचुङ पुनेल निर्विरोध भए । यस्तै सचिवमा नन्दजङ गुरुङ, कोषाध्यक्षमा चित्रकुमारी गुरुङ निर्वाचित भए । सदस्यमा पासाङ लामा विनोद गुरुङ, थारचेन घले र दीकी लामा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू