अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

एनआरएन अमेरिकाको मतदान सम्पन्न ६४ प्रतिशत भोट खस्यो

बिआरटीनेपाल २०७४ भदौ २२ गते १२:४२ मा प्रकाशित

कतिपय उमेदवारलाई जवरजस्ती भोट दिन परेको भन्दै व्यापक आलोचना

बिष्णुहरि घिमिरे, पेन्सिलभेनिया । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको निर्वाचन न्यु योर्कको समय अनुसार बुधवार मध्य रातमा सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार विद्युतीय प्रणतिमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको छ ।

समितिले मंलवार बिहान आठ बजे देखि बुधवार मध्यरात सम्म मतदानको समय तोकेको थियो । निर्वाचन समितिका सदस्य विश्व बरालका अनुसार नौ हजार दुई सय ८२ जनाले मतदान गरेका छन् । एनआरएन अमेरिकामा १४ हजार पाँच सय बिस मतदाता रहेका छन् । यो एनआरएन एनसीसीहरु मध्ये सबै भन्दा धेरै हो ।

निर्वाचन समितिका अनुसार पहिलो दिन ४५ सय जनाले मतदान गरेका थिए । बुधवार साँझ सात बजे सम्म सात हजार दुई सय २२ मत खसेको थियो । पछिल्लो पाच घण्टामा मात्र थप दुई हजार ६० जनाले मतदात गरे । निर्वाचन समितिले शनिवार मात्र नजिता सार्वजनिक गर्ने जनाएको छ ।

अध्यक्ष पदका लागि वर्तमान समितिका चार जना प्रतिस्पर्धामा छन् । वर्तमान अध्यक्ष डाक्टर केशव पौडेल, वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्ष रविना थापा प्यानल सहित र अर्का उपाध्यक्ष राम सी पोखरेलले एक्लै भावी अध्यक्षको होडमा छन् ।

अमेरिकी नेपाली समाजमा नेपाली काग्रेसको प्रवासी सङ्गठन जनसम्पर्क समिति अमेरिकाको बाहुल्यता छ । तर जन सम्पर्क समिति नै तीन खेमामा विभाजित भएको छ । यद्यपि अध्यक्षमा डाक्टर केशव पौडेललाई बलियो उमेदवार मानिएको पनि रविना थापा र कृष्ण पौडेलले उनलाई चुनौती दिने छन् । जनसम्पर्क समितिको सस्थापन पक्ष भने डाक्टर पौडेललाई जसरी पनि रोक्ने भन्दै सोही अनुसारको समिकरणमा थियो ।

जवरजस्ती गरिएको गुनासो
एनआरएन सदस्यता आवेदन दिँदा उपलब्ध गराइएको इमेलमा पतपत्र पठाइएको थियो । मत पत्रमा गरिएको व्यवस्था प्रति भने धेरै जनाले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि र निर्वाचन समितिको आलोचना गरेका छन् । विद्युतीय मत पत्रमा सबै पदमा सबै जनालाई अनिवार्य मतदात गर्नु पर्ने वा नो भोटमा मत गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिको थियो ।

विशेष गरी बोर्ड अफ डाइरेक्टर र आइसीसी सेम्वरका लागि मतदात गर्दा जवर्रजस्ती गरिएको आरोप मतदाताले लगाएका छन् । बोर्डअफ डाइरेक्टरको ११ पदका लागि ३४ जना प्रतिस्पर्धामा थिए । यस्तै आइसीसी मेम्वरका आठ पदका लागि १२ जनाले उमेदवारी दिएका थिए । ती पदमा आफूले चिनेका र राम्रो लागेका व्यक्तिलाई मात्र भोट दिने सोच बनाएकाहरुले चिन्दै नचिनेका लागि पनि भोट दिनै पर्ने व्यवस्था गरिएकोमा निन्दा गरेका छन् । कि सबै जनालाई भोट दिनु पर्ने कि नो भोटमा जानु पर्ने बाध्यता थियो । त्यसो त नो भोट धेरै आएमा के हुने भन्नेमा निर्वाचन समिति आफैमा स्पष्ट थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू