अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

बसको छत नराखे सम्म दशैंका लागि टिकट बुकिङ नै नखोल्ने व्यवसायीको अडान

बिआरटीनेपाल २०७४ भदौ २२ गते २:५५ मा प्रकाशित

दशैं सुरु हुन दुई साता मात्र बाँकी हुँदा समेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन । व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रतक्ष्य मार उपत्यकाबाट बाहिरिने लाखौं यात्रुमा पर्ने देखिएको छ ।

एक साताअघि यातायात व्यवस्था विभागमा भएको छलफलमा केही माग सम्बोधन भए बिहीबार (आज) देखि बुकिङ खुल्ला गर्न राजी भएका व्यवसायीले सरकारसँग सौदाबाजी गरेका छन् ।

विभागले आफ्नो कुनै पनि माग पुरा नगरेको भन्दै निर्धारित समयमा बुकिङ तयारी नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

सरकारले दुर्घटना बढाएको भन्दै हटाएका बसको छत पुन: राख्न पाउनुपर्ने व्यवसायीको माग छ । पुन: छत राख्न नपाए टिकट बुकिङ नै नखोल्ने बताएका छन् ।

यस्तै भाडा वृद्धि र सडकको अवस्था सुधार गर्नुपर्ने माग पनि व्यवसायीको छ ।आजको कारोबारमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू