अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

शताब्दी पुरुष जोशीलाई अभिनन्दन

बिआरटीनेपाल २०७४ भदौ २१ गते १८:१८ मा प्रकाशित

काठमाडौँ, २१ भदौ । राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।

नेपालको इतिहास, नेपाली भाषा, कला, साहित्य, धर्म, संस्कृतिको श्रीवृद्धिमा आठ दशक लामो योगदान पु¥याएबापत जोशीलाई फेटा बानेर रजतपत्रले सम्मान गरिएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले उहाँलाई अभिनन्दन गर्दै मुलुकका ग्रामीण भेगमा प्रचलनमा रहेका नेपाली संस्कृतिको खोजी गरेर जोशीले त्यसलाई अन्तर्राष्ट्रिय तहमा पु¥याएकामा सराहना गर्नुभयो ।

अभिनन्दित जोशीले इतिहासको अध्ययनबिना संस्कृतिको खोजी गर्न नसकिने बताउँदै नेपाली भाषाको व्यूत्पति स्थल सिंजा क्षेत्र भाषा तथा साहित्यको धनी भए पनि त्यहाँको जनजीवनमा आर्थिक समृद्धि पुग्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

केन्द्रका कार्यकारी निर्देशक प्रा जगमान गुरुङले अहिले नेपाली संस्कृति कचमचिएको बताउँदै नेपाली राष्ट्रियताको जागरण र सुदृढीकरणका लागि केन्द्रले अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा केन्द्रद्वारा प्रकाशित ‘लामा–विष्णुः सांस्कृतिक समन्वयका प्रतीक’ र ‘दाङको चौघेरास्थित सिद्ध रतननाथ मठको सांस्कृतिक अध्ययन’ नामक पुस्तक विमोचन गरिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू