अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

विविध कार्यक्रमका साथ ‘नेपाल रेडक्रस सोसाईटी स्थापना दिवस’ मनाइयो

बिआरटीनेपाल २०७४ भदौ १९ गते १४:५८ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस आज भाद्र १९ गते “रेडक्रस : सबै ठाउँमा, सबैका लागि” (Everywhere for everyone)  के तपाइलाई थाहा छ ? ‘भन्ने नाराका साथ देशभरि मनाइएको छ । नेपाल रेडक्रस दिवसको अवसरमा आज सोसाइटीको केन्द्रीय कार्यालयमा सोसाइटीका उपाध्यक्ष सुरेन्द्र सिंह ऐरले रेडक्रसको झण्डोत्तोलन गरी मूल समारोहको शुभारम्भ गर्नुभएको हो ।

उहाँले रेडक्रसका स्वयंसेवक देशका कुनाकुनामा रहेका संकटासन्न समुदायसम्म पुग्नसकेको बताउनुभयो । विभिन्न खालका चुनौती हुँदाहुँदै पनि नेपाल रेडक्रसले समुदायको विश्वास जितेको उपाध्यक्ष्य ऐरले बताउनुभयो ।

कार्यक्रममा अध्यक्षता गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यावाहक महामन्त्री हरिप्रसाद न्यौपानेले भन्नुभयो, “रेडक्रस एउटा साझा चौतारी हो । रेडक्रसका सात सिद्धान्तलाई व्यवहारिक कार्यान्वयनमा लैजान जुनियर युवा देखि स्वयंसेवक र कर्मचारीहरुको सेवा अतुलनीय छ ।”

यसअघि कार्यक्रममा सोसाइटीका कार्यकारी निर्देशक इन्द्र वहादुर के.सी. र भूकम्प प्रतिकार्य कार्यक्रमका प्रमुख उमेश प्रसाद ढकालले नेपाल रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सोही अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पकेट (Andre Paquet), अष्ट्रेलियन रेडक्रस सोसाइटीका प्रतिनिधि मुकेश सिंह र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जाजुकिम (Jaju kim)  ले विश्व रेडक्रस अभियानमा नेपाल रेडक्रसको भूमिका बारे चर्चा गर्नुभएको थियो ।

सोहि अवसरमा प्रतिभा प्रर्दशन, कर्मचारीहरुलाई सम्मान र शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने कर्मचारीका छोराछोरीहरुलाई नेरेसो कर्मचारी कल्याण कोषको तर्फबाट पुरस्कृत गरिएको थियो । शैक्षिक प्रोत्साहन पुरस्कार तथा प्रमाण पत्र पाउनेहरुमा प्रतिक्षा पण्डित, एल्विस मर्हजन, रञ्जन पौडेल, प्रसिम शर्मा, पुष्पकमल पहाडी, आशुतोष कृष्ण सेढाई, उपकार ढकाल र सोना लामा हुनुहुन्छ । त्यस्तैगरी एस इ इ परिक्षा तर्फ अञ्जन पौडेल, कस्तुप कार्की, रुस्तम काफ्ले र दियारानी झाले शिल्ड, प्रमाण पत्र र नगद पुरुस्कार प्राप्त गर्नुभएको छ । प्रतिभा प्रदर्शन कार्यक्रमतर्फ शारदा पहाडी, पदमनाथ आचार्य, भोजराज घिमिरे, अमृत पाख्रिन, सन्देश थापा, सुरक्षा पौडेलले गीत तथा कविता विधामा पुरुस्कार प्राप्त गर्नुभएको कोषका अध्यक्ष दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

यसैगरी २५ वर्ष वा सो भन्दा बढि नेपाल रेडक्रसमा कर्मचारीको रुपमा काम गरेका नेरेसो कल्याण कोषका सदस्यहरु परशुराम आचार्य, राजु लामा, तिलक वहादुर श्रेष्ठ, योगेन्द्र तुलाधर, मायानाथ बराल, नवराज शर्मा, ज्ञानेन्द्रमान शाक्य, कल्पनादेवी श्रेष्ठ र जनार्दन पोखरेल सम्मानित हुनुभएको छ ।
वि.सं २०२० साल भाद्र १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।
यसै उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद व्यवस्थापन लगायत रेडक्रसका गतिविधिहरूको बारेमा अन्तराष्ट्रिय , हालैको बाढीपहिरो प्रभावितहरूलाई राहत वितरण, साथै प्रवचन कार्यक्रम र विविध विषयहरू संयोजन गरी यो दिवस देशभर आयोजना भएका छन् ।

रेडक्रसका जिल्ला शाखाहरूले विभिन्न चेतनामूलक ¥याली, प्रतियोगिताहरू, अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण जस्ता गतिविधिहरू आयोजना गरिरहेका समाचार प्राप्त भएका छन् ।

नेपाल रेडक्रसका जिल्ला शाखा –७५ वटा, उपशाखा : १,५०८ वटा, जुनियर सर्कल : ५,४१० युवा सर्कल : ८६५ वटा रहेका छन् । यी निकायहरूमा ९० हजार स्वयंसेवकहरू र १० लाख ६० हजार १२३ सदस्यहरू आवद्ध छन् ।
विपद् व्यवस्थापन, आकस्मिक सेवा र संकटासन्नता न्यूनीकरण गतिविधि लगायत अहिले ७२ जिल्लाका १०६ स्थानबाट रक्तसञ्चार सेवा, २१० वटा बाहनमार्फत् एम्बुलेन्स सेवा, २ अस्तालमार्फत् आँखा स्याहार गतिविधिहरू नेरेसोमार्फत् सञ्चालन भइरहेका छन् । गत आर्थिक वर्षमा मात्र विपद् व्यवस्थापन तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी मानिस समक्ष रेडक्रस पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू