अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

नेपालकै पहिलो शैक्षिक अवार्ड ‘नेशनल पावर न्युज एजुकेशन अवार्ड’को मनोनयन सार्वजनिक

बिआरटीनेपाल २०७४ भदौ १९ गते १०:०१ मा प्रकाशित

नेपालकै पहिलो शैक्षिक अवार्ड नेशनल पावर न्युज एजुकेशन अवार्डको विधागत रुपमा उत्कृष्ठ १० को छनौट गरिएको छ । काठमाडाँै उपत्यकाका स्कुल तथा कलेजहरुले उक्त अवार्ड कार्यक्रमको लागि आवेदन दिएका थिए । मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.ली. को कार्यालय डिल्लीबजारमा ३ सदस्यीय निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ठ १० को मनोनयन छनौट गरेका हुन् ।

गत असार २४ गते रिर्पोटर्स क्लबमा एक कार्यक्रमकको आयोजना गरी एजुकेशन अवार्ड कार्यक्रमको घोषणा गरेको थियो । जस्लाइ अनलाइन न्युज पोर्टल नेशनल पावरन्युज डट कमले प्रस्तुत गरेको छ ।

उत्कृष्ट विद्यालय, उत्कृष्ट कलेज, उत्कृष्ट विद्यार्थी (स्कुल-कलेज), उत्कृष्ट प्रिन्सिपल (स्कुल-कलेज), उत्कृष्ट रिजल्ट (स्कुल-कलेज), उत्कृष्ट म्यानेजमेन्ट (स्कुल-कलेज), उत्कृष्ट खेल (स्कुल-कलेज) गरी १२ विधामा प्रतिष्पर्धा गराईनेछ भने जुरी अवार्ड (स्कुल-कलेज), प्रोत्साहन अवार्ड (स्कुल-कलेज) र एसएमएस भोटिङको आधारमा पपुलर अवार्ड (स्कुल-कलेज) वितरण गरिने आयोजक कमिटिका अध्यक्ष माधव राज खरेलले जानकारी दिए ।

विभिन्न विधामा उत्कृष्ट १० मा परेका स्कुल तथा कलेजहरुलाई आगामी भाद्र २० गते प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । भने कार्यक्रमको अन्तिम फाइनल आगामी कार्तिक १८ गरिने भएको छ ।

-एसएमएस भोटिङको लागि उत्कृष्ट १० मा परेका सम्पुर्ण स्कुल तथा कलेजहरुलाइ समावेश गरिएको छ ।

-एसएमएस भोटिङको लागि सबै विधाहरुमा परेका सम्पुर्ण स्कुल तथा कलेजहरुलाइ समावेश गरिएको छ ।

-एसएमए भोटिङको लागि मोबाइलको म्यासेज बक्समा गइ npn स्पेस स्कुल कलेजको कोड नं टाइप गरी ३८६८७ मा पठाउन सक्नुहुनेछ ।

 

एसएमएस भोटिङको लागि मनोनयनमा परेका स्कुल तथा कलेज र विभिन्न विधामा उत्कृष्ट १० मा पर्न सफल स्कुल तथा कलेजको नामावालीहरु निम्न प्रकारका छन् :-

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू