अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत राष्ट्रपति भण्डारीबाट सार्वजनिक

बिआरटीनेपाल २०७४ भदौ १८ गते १०:२० मा प्रकाशित

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडौँको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा ‘मिलनकोली’ शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरे लगायतको उपस्थितिमा सार्वजनिक गरिएको उक्त गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् सङ्गीतकर्मी कलाकारहरुको स्वरमा रहेको रहेको छ । जसमा ५ वर्षीया गायकलगायतको स्वर समावेश गरिएको छ।

वातावरणसम्बन्धी चेतनामूलक ‘मिलानकोली’ नामक गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ०६ गते विहिबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकडिङ्ग गरिएको थियो ।  वातावरण संरक्षणको विषयलाई उठान गरी तयार पारिएको उक्त गीतमा शब्द तथा सङ्गीत निपेश ढाकाको रहेको छ ।

एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतैपनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्डमा रेकर्ड हुने सङ्गीतकार निपेश ढाका बताउँछन् ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले वातवरण सम्बद्र्धन र संरक्षणका लागि सुरु गरिएको यो अभियान उत्कृष्ट भएको भन्दै सलफताको कामना गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू