अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

संयन्त्रमा बांधिने एनआरएन अमेरिका बनाउन भूमिका खेल्नेछु – एनआरएन अमेरिका, वरिष्ठ उपसभापती पदका प्रत्याशी सुनिल शाह

बिआरटीनेपाल २०७४ भदौ १७ गते २०:३२ मा प्रकाशित

धनुषा जिल्लाको गाउँमा जन्मेर प्रारम्भिक शिक्षा हुँदै, सपनाको ‘नेपाल सहर’ – काठमान्डौंबाट उच्च शिक्षा हासिल गरी करिब १४ वर्ष अगाडिदेखि सात समुन्द्र पारिको ‘सपनाको देश’ मा नेपाली समुदायका विभिन्न तह र तप्कामा सक्रिय अमेरिकी नेपाली समाजमा स्थापित एउटा नाम हो, इन्जिनियर सुनिल शाह ।

चर्चित एनआरएन अमेरिकाको पर्सि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदक प्रत्याशी इन्जिनियर सुनिल शाह ‘आफूले जिते संस्थालाई सरलिकरणका लागि संयन्त्रमा’ स्थापित गराउन भूमिका खेल्ने बताउनुहुन्छ । ईन्जिनियरिङ्ग अध्ययननको अनुभव, अमेरिकाको डालस राज्यमा प्रविधि ब्य्वसायिक कम्पनीका मालिक सुनिल शाह ‘सबैले आफूले जानेको कुराहरू मिसाएर चल्ने संस्था ‘मिठो’ हुने’ बताउनुहुन्छ । ‘म आईटीको अनुभव भएको व्यक्ति, मैले जानेका प्रविधीसंग सम्बन्धित बिषयबस्तुहरु एनआरएन, अमेरिकामा जडान गर्न चाहन्छु, जसलाई प्रबिधियुक्त संयन्त्र भनिन्छ । जसरी शरीरका संयन्त्र सही ढङ्गले चले ज्यान र जीवन स्वस्थ हुन्छ, त्यसरी नै स्वस्थ एनआरएन अमेरिका बनाउने धोको छ,’ शाह थप्नुहुन्छ ।

विगत १४ वर्षदेखि अमेरिकामा सेवा र सकृयाताले अबिचलित लाग्नुभएका शाह नेपाल सरकारसँग प्रत्यक्ष डिल गर्न सक्ने सरकारद्दारा मान्यताप्राप्त एनआरएन भएकोले सामुदायिक विकास र सेवाका लागि अधिकारिक रूपमा काम गर्न सकिने भएकोले आफूले एनआरएनको निर्वाचनमा वरिष्ठ उपसभापती पद रोजेको बताउनुहुन्छ । त्यसो त एनआरएन अमेरिकाका वर्तमान सल्लाहकार शाह प्रवासी नेपालीहरूको समस्या सामाधान गर्ने छाता सङ्गठन भएकोले मात्र नभै नेपाल सरकारसँग संस्थाको समिप्यताका हिसाबले ‘प्रवासी नेपालीहरूको हित, सामुदायिक सेवाका प्रारुपहरु, जन्मभुमीप्रतिको माया एवम् धर्म र संस्कृतिका संरक्षणका लागि ‘पोलिसी निर्माण गर्न’ आफू लागिपर्ने बताउनुहुन्छ ।

गाउंदेखी सहर, शहरदेखी सपनाको मुलुक । जिन्दगीमा दु:ख सुखका धेरै आरोह-अवरोह पार गरेको सुनाउनुहुने शाह ‘जिन्दगीको रफ्तारको भोगाईले नै जिन्दगी सिकाउने’ बताउनुहुन्छ । ‘ भोगाईको सङ्घर्षले सिकाएको अनुभवले आर्जेको खुसी र सफलता शेयर गरिने प्रोसेसलाई ‘सामुदायिक सेवा’ भनिन्छ, भन्नुहुन्छ । ‘यो लामो कठोरताको भोगाईले जीवनमा प्राप्त सफलअता र खुसीको अनुभव बांडेर एनआरएन, अमेरिकालाई सेवामुलक, प्रविधियुक्त र विश्वासिलो बनाउन लागिपर्नेछु’ शाह थप्नुहुन्छ ।

पारदर्शी संस्था बनाउन लागिपर्नु सम्पूर्ण एनआरएनहरुको कर्तव्य रहेको जनाउनुहुने ‘मधेसी एसोसियशन, अमेरिका’ का अध्यक्ष शाह १४ वर्ष अमेरिकाका विभिन्न सङ्घ-संस्थाहरूमा लागेर आर्जन गरेको अनुभव, ईन्जिनियरिङ्गग पेसा, आफू मालिक भएको आईटी कम्पनीको प्राविधिक शिक्षा र आफ्नो निरन्तर लगावका माध्यमबाट प्रवासिएका नेपालीहरूका सामाजिक एवम् पारिवारिक समस्याहरुका समाधानका सेतु बन्न एनआरएन, अमेरिकाको निर्वाचनमा वरिष्ठ उपसभापती पदमा आफू प्रत्याशी भएको बताउनुहुन्छ ।

टेक्ससको डालसमा बसोबास गर्नुहुने शाह एनआरएनका आईसिसि र एनसिसिका विभिन्न टास्क फोर्स र कमिटीमा रहेर काम गरिसक्नुभएको छ । ‘मेरो काम पुल बन्ने हो,’ शाहले बताउनुभयो । ‘एउटा पक्की पुल, जसमार्फत सेवा र विश्वासका कर्तब्यहरु पार होउन । धेरै लामो घोषणा -पत्रमा म विश्वास गर्दिन । विश्वास काममा गर्नुपर्छ,’ शाह थप्नुहुन्छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू