अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

समुद्रको किनारमा राजदूत डा. अर्जुन कार्कीबाट गल्फ प्रतियोगिता उद्घाटन

खेम भट्टचन, वासिङ्टन डिसी २०७४ भदौ १५ गते १९:२४ मा प्रकाशित

३० अगस्ट २०१७ – अमेरिकाको बाल्टिमोर स्थित समुन्द्रको किनारमा रहेको बडो मनमोहक रक्की पोईन्ट गल्फ कोर्शमा नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले गल्फ प्रतियोगिता उद्घाटन गरेका छन् । महामहिम नेपाली राजुद्त डा. कार्कीले गल्फ प्रतियोगिताको पहिलो बल हानेर उद्घाटन गरेको आकर्षक क्षण संसारभरीबाट ४२,००० बयालिस हजार ? नेपालमा सीमित धनाढ्य व्यक्तिहरूले मात्रै खेल्ने यो गल्फ खेल सर्वसाधारण नेपालीहरूको लागी आयोजना गरिएको कुरा आयोजक संस्था नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनलका अध्यक्ष सिता पाण्डेले बताइन्।

आन्द्र महासागरको किनारमा अवस्थित बडो मनमोहक अन्तर्राष्ट्रिय स्तरको रक्की पोईन्ट गल्फ कोर्शको मैदानमा यही अगस्ट २६ तारिख शनिवार दिउँसो १२ बजे देखी बेलुकी ५ बजेसम्म १७ वोटा खेल मैदानमा भएको प्रतियोगितामा विनोद थापा (South Riding, Virginia) र कमल रानाभाट (Baltimore) को समूह प्रथम भएको थियो।

बाल्टिमोरमा गल्फ खेल आयोजना गर्न पहल गरेका पर्ल रेग्मी, संयोजक केमिका भण्डारी र अमेरिकन साथी माईक म्याकक्लुंगको समूह प्रतियोगितामा दोश्रा भएका थिए। कृष् घिमिरे, कमल नेउपाने, जार्डेंन घिमिरे र अमेरिकन मित्र डग बुर्गेस लगायतका खेलाडीहरु मध्ये सबैभन्दा पिन नजिक पुर्‍याउने पदक ( Closed to the PIN ) र सबैभन्दा लामो दुरी सम्म बल पुर्‍याउने ( Longest Drive ) पदक कमल नेउपानेले जितेका थिए । गल्फ खेल प्रतियोगितामा एक मात्र महिला खेलाडी थिइन् संयोजक केमिका भण्डारी । साँझ बाल्टिमोरकै माउन्ट एभरेस्ट रेस्टुरेन्टमा रात्रिभोज सहित पुरुष्कार वितरण समारोह आयोजना गरिएको थियो ।

अमेरिकाको पेन्सिल्भानिया र म्यारिल्याण्डको लागी नेपाल सरकारका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा महाबाणिज्यदुत प्रेमराजा महतले विजयी खेलाडीहरू (नेपाली तथा विदेशी) लाई ट्रफी र प्रमाणपत्रहरू वितरण गरेका थिए ।

संस्थाका उपाध्यक्ष ई० मिलन राईले सञ्चालन गरेको समारोहमा बाल्टिमोरमा गल्फ प्रतियोगिता आयोजना गर्न प्रमुख भूमिका निभाएका पर्ल रेग्मी, संयोजक केमिका भण्डारी र विदेशी खेलाडीहरुले धन्यवाद-मन्तव्य राखेका थिए । प्रति व्यक्ति १६५ डलर प्रवेश शुल्क उठाईएको गल्फ प्रतियोगिताको खर्च कटाएर बचेको रकम लगभग लगभग एक हजार डलर जति बाल्टिमोरमा बन्दै गरेको हिन्दु बुद्ध मन्दिरलाई सहयोग गरिने कुरा
आयोजक संस्था नेपाल स्पोर्ट्स एण्ड कल्चर ईन्टरनेशनलका अध्यक्ष साहित्यकार सिता पाण्डेले समारोहमा घोषणा गरिन्।

सञ्चारको माध्यमबाट सहयोग गरेबापत खेल खेलिएको मैदान रक्की पोईन्टको लोगो भएको टिसर्ट र टाउवेल उपहार दिएर ईनेप्लीज र डिसीनेपालका संचारकर्मीहरु खेम भट्टचन र बिश्वोराज थापालाई पनि सम्मान गरिएको थियो । बाल्टिमोरको घिमिरे होमस् ले ट्रफी र नेपाल हाउस् रेस्टुरेन्टले दिवाखानाको समोशा सौजन्य (स्पोन्सर) गरिदिएकोमा अध्यक्ष सिता पाण्डेले धन्यवाद दिएकी थिइन्।

राजदूत डा. कार्कीले ऊदघाटन र महाबाणिज्यदुतले समापन गरेको अमेरिकामा आयोजित तेस्रो गल्फ खेल प्रतियोगितामा प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, बाना का अध्यक्ष अनु वन्त लगायतका सङ्घ,संस्थाका पदाधिकारीहरू, दूतावास परिवार र नेपाली तथा विदेशी खेलाडीहरु उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू