गजल- लभ गाउले

गाजली आँखाका गजल लेखिराछु
दिन रात बरोबर झलझल लेखिराछु !

अँध्यारो भयो यो दिलको कुना
त्यो नाकको फूली टलटल लेखिराछु !

लेखुँ एउटा सेर गुलाबी त्यो ओठ्को
मध्यरातै बितेछ अलमल लेखिराछु !

फुल्नेछ एक दिन हाम्रो यो दुनियाँ
सोचेर एक एक पल लेखिराछु !

पुग्नुथियो पुल्चोक बीचैमा ट्राफिक जाम
ओर्लेर एक छिन जमल लेखिराछु !

१३ भाद्र २०७४, बालाजु ।

Published on August 29, 2017 at 11:52 am

Loading...

यसमा तपाइको मत