अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कोलोराडोमा बाढी पिडीतको सहयोगार्थ डिनर कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ ११ गते ८:२१ मा प्रकाशित

नेपालमा हालै गएको बाढि पहिरो र डुवानबाट पीडीत हुनेहरुलाई सहयोग गर्ने उद्धेश्यले कोलोराडोमा डिनर कार्यक्रम सम्पन्न भएको छ । डिनर खाउ बाढी पिडीतलाई सहयोग गरौ भन्दै कोलोराडोकोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सनीबार सांझ सम्पन्न डिनर कार्यक्रम संगै गिङ्खटका सामान, राफल चिट्टा, हटडग्स बिक्री गरिएको थियो । त्यस्तै जोशन श्रेष्ठको स्टोरमा कलेक्सन गरिएको २ सय पचास डलर र लङमन्ट नेपाली परिवारको पिकनिनबाट बचत भएको २ सय पचास डलर समेत गर्दा जम्मा १ हजार ५ सय १५ डलर संकलन गरिएको क्लवका कोषाध्यक्ष संजय प्रधानले बताएका छन् ।

डिनर पछि नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरु गरिएको औपचारिक कार्यक्रममा बाढि पहिरो र डुवानबाट पीडीतहरुले भोगीरहेको अवस्था संगटिएको स्लाइड प्रदर्सन पछि, उक्त घटनामा मृत्युहनेको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आयोजक संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठले जन्मभुमी नेपालका दाजुभाई दिदी बहिनीहरु बाढी पहिरोको कारण घरबार बिहीन भई ज्यादै दुख पाईरहेको बर्तमान अवस्थामा हाम्रो सानो सहयोगले पनि ठुलो राहात हुने सोचेर यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

त्यसैगरी कार्यक्रममा उपस्थित भएकाहरुलाई मनोरञ्जन प्रदान गर्न रीहाना कार्किले सुन्दर नृत्य प्रदर्सन गरेकी थिईन । सोही कार्यक्रममा क्लबले आयोजना गरेको बिभिन्न कार्यक्रमहरु सफल बनाउन सकृय योगदान गरेको भन्दै क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ र कोषाध्यक्ष संजय प्रधानलाई जोनचेयर जोशन श्रेष्ठले लायन्सको बिशेष पिन लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा ६ नर्थ ईष्टका पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, भाईस डिष्ट्रिक गर्भनर मिगेल गिल लगायत बिभिन्न स्थानीय लायन्स क्लवका पदाधिकारी, नेपाली घरका अध्यक्ष लक्षुमण राना, पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरीकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ, यूएस नेपाल न्यूजका बिकल पराजुली, स्थानीय ब्यावसाही, पत्रकार तथा सर्बसाधारणको उपस्थिती रहेको थियो । यस कार्यक्रमलाई सफल बनाउन सचिब उज्ज्वल बिक र सदस्य साहि सुमन लगायत सम्पुर्ण पदाधिकारीहरुको सकृय सहभागीता रहेको बताईएको थियो ।

 

प्रतिक्रिया