अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

बढ्दै छ परदेशिनेको पिडा: घर फर्कदा न श्रीमती न सम्पत्ती

बिआरटीनेपाल २०७४ भदौ १० गते २०:४२ मा प्रकाशित

साँगुरीगढी गाउँपालिका १ का भीम लिम्बूले आफू विदेशबाट आए लगत्तै लाखौं नगद र गहना सहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् ।  विदेशमा दुख गरेर कमाएको पैसा र गहना बोकेर एक साता पहिले हराएकी श्रीमती अहिलेसम्म फेला परेकी छैनन् ।श्रीमती युनिशा लिम्बू अढाई बर्षीय छोरा र पाँच लाख सहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै धनकुटा ५ की ४४ बर्षीया विन्दु श्रेष्ठ छोरी अस्मिता सहित गत साता वेपत्ता भएको प्रहरीमा उजुरी परेको छ । पति टुकबहादुरले विदेशबाट पठाएको पाँच लाख नगद सहित उनी वेपत्ता भएकी हुन् ।

यसैगरी, धनकुटा २ का डम्बर बहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको पाँच लाख नगर र दुई तोला सुनसहित पत्नी बेवत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।

माथिका घटना उदाहरण मात्र हुन् । यस्त प्रकृतिको दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेका छन् ।आजकोकान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू