अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

बंगलादेशलाई ४-२ ले हराउँदै नेपाल फाईनलमा

बिआरटीनेपाल २०७४ भदौ ९ गते ६:१० मा प्रकाशित

गत शुक्रबारबाट काठमाडौँमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिप अन्तरगतको आज भएको खेलमा नेपाल फाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको समूह ‘ए’मा रहेको साविक विजेता बंगलादेशलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक राष्ट्र नेपाल फाईनल प्रवेश गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा भएको खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालका लागि आकास बुढामगरले ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो गोल पनि ३० मिनेटमा आकास बुढामगरले नै गरेका हुन् ।

६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गरेको वंगलादेशले जित भने हात पार्न सकेन । खेलको ७२ र ७३ औं मिनेटमा लगातार गोल गर्दै नेपालले ४(२ को जित निकाल्न सफल भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को व्यवस्थापनमा दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने प्रतियोगितामा २ समूह रहेको छ । प्रतियोगिताको समूह ‘ए’मा  बंगलादेशसँगै श्रीलंका र भुटान छन् भने समूह ‘ब़ी’ मा आयोजक नेपाल, भारत र माल्दिभ्स छन् ।

२०१५ मा भएको पछिल्लो संस्करणमा आयोजक बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपालमा आयोजना भएको पहिलो २ संस्करणमा क्रमश: पाकिस्तान र भारतले उपाधि जितेका थिए । नेपालले प्रतियोगिताको तीनै संस्करणमा सेमिफाइनल पुग्दै आएको छ । दोस्रो संस्करणमा भने नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताको सेमिफाइनल खेलहरु भदौ २७ र फाइनल खेल भदौ २९ गते खेलिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू