अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

सगुनको दोस्रो चरणको शेयर निष्कासनको बेलायतबाट घोषणा,

बिआरटीनेपाल २०७४ भदौ ८ गते ६:४९ मा प्रकाशित

क्रेडिटर डेविट कार्डबाट पनि लगानी गर्न सकिने

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निष्कासनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक विशेष कार्यक्रममा शेयर निष्कासनको औपचारिक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराउनुभयो ।

शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघि बैङकमै गएर मात्र हुने कारोबारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्वीकृतिमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

विदेशमा व्यस्तताका बिचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिँदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरू सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।

क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले बधाई दिनुभएको छ । पुर्सेलले भन्नुयो, क्रेडिटर डेविट कार्ड मार्फत लगानी जुटाउने रेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।

सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ ।

“सगुन पहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौँ । भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरूले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौँ । सगुनजस्ता नवीन कम्पनीहरूले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भन्नुभयो ।

औपचारिक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निष्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ु वीर गोर्खालीको रूपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाइले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाट हामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौँ । ु

सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ । यस शेयर निष्कासनको पहिलो चरणमा करिब ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागी हुनुभएको छ । सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा बढी शेयर बिक्री गर्ने योजना बनाएको छ । शेयर बिक्री कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरू रहेको वेबसाइट धधध।कबनययल।अयmरष्लखभकत बाट सञ्चालन गरिने सगुनले बताएको छ ।

नेपालीले सुरु गरेको अमेरिकी स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना सगुनको रहेको छ ।

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एसियाली समुदायलाई लक्षित गरी लगानीको योजना सार्वजनिक गरेको छ । सगुन निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित स्मार्ट कार्ड लिएर आउने तयारीमा छ । यसका लागि सगुनको अमेरिका, भारत र नेपालको टिम संयुक्त रूपमा काम गरिरहेको छ ।

सगुनको बारेमा
सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन शब्द संस्कृतको सकुन भन्ने शब्दबाट लिइएको हो जसको अर्थ राम्रो भाग्य वा शुभ अवसर भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रूपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रूपमा विकास गरियो ।

थप जानकारीको लागि www.sagoon.com मा जानुहोस् । मिडिया सम्बन्धी थप जानकारीको लागि गोविन्द गिरीलाई govinda@sagoon.com मा र अजय शिवाकोटीलाई ajayashiwakoti@sagoon.com मा इमेल गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू