अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

ग्राहक बर्गमा स्वास्थ्य जाँच कार्यक्रमको सुरुवात

बिआरटीनेपाल २०७४ भदौ ७ गते ७:३२ मा प्रकाशित

आफ्ना कर्मचारीहरू, तिनका पारिवारिक सदस्यहरू एवम्, ग्राहक वर्गको उच्चस्तरीय स्वास्थ्य जाँच गराउने सिलसिलामा कुमारी बैङ्क लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच आपसी सहमति भएको छ । सहमतिअनुरुप सुरुवातमा कुमारी बैङ्कले पुतलीसडक शाखाका कर्मचारीहरू, तिनका पारिवारिक सदस्यहरू र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जना भन्दा बढी सदस्यहरूको पुतलीसडक शाखामा आज एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरियो । रोग रोकथाम एवम् रोग सुरुवाती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवम् तिनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले उक्त शिविरको आयोजना गरिएको थियो ।

“स्वास्थ्य नै धन हो” र राम्रो स्वास्थ्ययुक्त मानव संशाधन सबै सङ्घ संस्था एवम् समाजकै निमित्त अपरिहार्य विषय हो । सुरुवाती योजनाअनुसार आज परीक्षण गरिएका कर्मचारी एवम् अन्य व्यक्तिहरूका लागि कम्तीमा एक सातासम्मका लागि अति विशिष्ट छुटमा थप परीक्षण नर्भिकमा गराउन सक्नेछन् ।

पुतलीसडक शाखाका अलावा कुमारी बैङ्कका अन्य शाखाका कर्मचारी, तिनका पारिवारिक सदस्यहरू एवम् ग्राहक वर्गले समेत यो योजनाबाट लाभ लिनसक्ने व्यहोरा बैङ्कले उल्लेख गरेको छ ।

गत वैशाखदेखि नर्भिक आफ्नो स्तरीय स्वास्थ्य सेवाको २५ औँ वर्षमा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा यस्ता थप कार्यक्रमहरू गरिँदै जाने निर्णय गरेको हुँदा उक्त शिविर सञ्चालन गरिएको हो । नर्भिकले यसपूर्व विश्व खाद्य कार्यक्रम ९ध्ँए०, लिट्टिल एञ्जेल स्कुल, श्रमज्योति कोअपरेटिभ जस्ता संस्थाहरूमा पनि यसखाले शिविर सञ्चालन गरिसकेको छ र अन्य संस्थाहरूसँग हातेमाले गर्दै थुप्रै शिविर गर्ने तरखरमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू