अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

तरुण दल कास्कीले बाढी पीडितका लागि साङ्गीतिक कार्येक्रम गरी राहत सङ्कलन गर्ने

बिआरटीनेपाल २०७४ भदौ ७ गते ७:२३ मा प्रकाशित

बाढी पिडितहरुको सहयोगार्थ नेपाल तरुण दल कास्कीले सहयोग सङ्कलन गर्ने भएको छ | नेपाल तरुण दल जिल्ला कार्यसमिति कास्कीको भाद्र २ गते बसेको बैठकले लगातारको वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा रहेका बाढी र पहिरोमा परेकाहरुको लागि र बिस्थापिरुको लागि राहत स्वरूप एकदिने साङ्गीतिक कार्यक्रम गरी सो कार्यक्रम बाट संकलित सम्पूर्ण रकम पीडितको राहतका लागि प्रदान गर्ने भएको छ |

भाद्र १० गते पोखराको मानव अधिकार चोकमा आयोजना गरिने उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार कर्ण दास, विवेक श्रेष्ठ, रामभक्त जोजिजु, विनोद बानिया, इतु जोजिजू, योगेश काजी, मार्कस दास, नेपाल लोकतान्त्रिक संस्कृतिक सङ्घ कास्की लगाएतको प्रस्तुति रहने छ भने कार्यक्रममा धेरै भन्दा धेरै दर्शकको सहभागिता गराई सहयोग रकम सङ्कलन गर्ने उद्देश्य रहेको सचिव नरेन्द्र थापाले जनाए |

यही साउनमा परेको अविरल वर्षाका कारण देश बाढी र पहिरो बाट आक्रान्त बनेको छ | पहाडमा पहिरो र तराई डुबानमा परेको त सबैलाई बित्तित नै छ | बाढीले देशको पहाडी भेगका साथै सम्पूर्ण तराई तथा पूर्वी भू-भाग डुबानमा पर्नुका साथै तराईका जनताले एतिबेला ठुलो जनधनको क्षति बेहोरेका छन् | यस विपदको समयमा ज्यान गुमाउने प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै घाइते हरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ भनी अध्यक्ष मनोज गुरुङद्वारा हस्तक्षरित विज्ञप्तिमा जनाइएको छ | कार्यक्रम सफल पार्नका लागि सबैले आफ्नो आफ्नो ठाउँ बाट आवश्यक सहयोग गरिदिन साथै उक्त साङ्गीतिक कार्यक्रममा सबैलाई सहभागिताको लागि आपिल गर्दै दैबी प्रकोप र प्राकृतिक प्रकोपका बेला पनि सधैँ जस्तै सबै नेपाली एकजुट भएर सामना गर्नुपर्ने पनि गुरुङले बताए |

प्रतिक्रिया