अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

मेडिकल काउन्सिलविरुद्ध साईन्स प्रोफेसरहरुद्वारा सर्वोच्चमा रिट

बिआरटीनेपाल २०७४ भदौ ६ गते ६:२९ मा प्रकाशित

सिक साईन्सका प्रोफेसरहरुले नेपाल मेडिकल काउन्सिलको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । मेडिकल काउन्सिलले जारी गरेको ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबीबीएस २०१७ ’मा बेसिक साईन्स विषयहरुमा एम, एस्सी., पि.एचडी. प्राध्यापकहरु एक जनामात्रै राख्ने निणर्यप्रति बेसिक साईन्स प्रोफेसरहरुले आपत्ति जनाउँदै रिट दर्ता गरेका हुन् ।

एक फ्याकल्टिमा कम्तिमा पनि ३ देखि ४ जनासम्म प्राध्यापकहरु राखिरहेको यो समयमा बेसिक साईन्समा १ जना मात्रै राख्ने विषयमा गरेको निर्णयप्रति बेसिक साईन्सका प्रोफेसरहरुले विरोध गरेका हुन् ।

नेपाल मेडिकल काउन्सिलले ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबीबीएस २०१७’ जारी गरेपछि बेसिक साईन्स प्रोफेसरहरुले यो विषयको बारेमा काउन्सिललाई ध्यानाकर्षण पत्र पठाएको थियो । १६ दिन पहिला देखि पठाएको यो पत्र बारे कुर्नै पनि प्रतिक्रिया नआएको कारण सर्वाेच्चमा जानु परेको बेसिक साईन्स प्रोफेसरका सदस्य डा. राजिव कुमार मुखियाले बताएका छन् ।

काउन्सिलले ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबीबीएस २०१७’ को वैज्ञानिक आधार पेश नगरेको हुनाले यो विषयमा सर्वाेच्च सम्म पुग्न बाध्य भएको पनि उनको भनाई छ । रिटमा नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू