अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

चलचित्र ‘सेतो सूर्य’ ओस्कार अवार्डमा छनोट

बिआरटीनेपाल २०७४ भदौ ६ गते ६:२२ मा प्रकाशित

एसियाकै उत्कृष्ट फिचर फिल्मअवार्ड जितिसकेको नेपालबाट चलचित्र ‘सेतो सुर्य विश्वकै चर्चित अवार्ड ‘ओस्कर अवार्ड’मा नेपालबाट छनोट भएको छ । दिपक रौनियारको निर्देशनमा बनेको चलचित्र ‘सेतो सुर्य’ले नेपालको प्रतिनिधित्व गर्ने छ ।

सेतो सूर्य’सिंगापुरमा आयोजना भएको फिल्म फेस्टिभलमा यो चलचित्र उत्कृष्ट सावित भएको थियो ।सिल्भर स्त्रीन अवार्डसँगै चलचित्रले ५० हजार सिंगापुर डलर पनि पुरस्कार जितिसकेको छ।  एक परिवारमा बस्ने सदस्य भित्र फरक राजनितिक बिचार र त्यसले उत्पन्न गराउने घटनालाई चलचित्र ‘सेतो सुर्य’मा समावेश गरिएको छ । चलचित्रले यस अघि भेनिस फिल्म फेस्टिभल इन्टरफिल अवार्ड पाइसकेको छ ।

ओस्करमा चलचित्र पठाउनको लागी ‘सेतो सुर्य’ र ‘बिजुली मेसिन’ले निवेदन दिएका थिए । निवेदन दिएका दुई चलचित्रमा नेपालबाट सेतो सुर्य छनोट गरिएको थियो । ‘द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस’ले मार्च ४ तारिखमा अमेरिकाको लस एन्जेलसको डबली थियटरमा अवार्ड कार्यक्रम आयोजना गर्दैछ। चलचित्रमा दयाहाङ रार्इ, रविन्द्रसिंह बाँनिया लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया