अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन

बिआरटीनेपाल २०७४ भदौ ६ गते ५:४९ मा प्रकाशित

जनता दरवार अभियानको आयोजनामा सोमबार राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।
मोटरसाइकल ¥याली राजधानीको कलंकीदेखि शुरुभई त्रिपुरेश्वर, जावलाखेल, सातदोवाटो, कोटेश्वर, तिनकुने, सिनामङ्गल, पुरानो वानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै जनता दरवार अभियानका संयोजक एसपी शाह सारथीले देशबाट भ्रष्टाचार नियन्त्रण गर्न आफूहरु एकताबद्ध भएर लागेको बताउनु भयो । शाहले युवाहरुलाई एकजुट गरेमा मात्र देशबाट भ्रष्टाचार उन्मुलन गर्न सकिने स्पष्ट पानुभयो ।

सो भ्रष्टाचार विरोधी जनप्रदर्शनमा अभियानका संयोजक एसपी शाह सारथी, निरज थापा, प्रशान्त पौडेल, शिखर शाह र विना दाहालको सक्रिय सहभागीता रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू