अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२
| Colorodo: 18:37
बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नं.को ट्र्याक्टरले बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ ।
घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नं.को ट्र्याक्टरले किचेको थियो ।