अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

‘मेरो रतौली गीत चोरेर पशुपती शर्माले तिज गीत बनाए’- गायिका हरीदेवी कोईराला (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ ४ गते ३:२३ मा प्रकाशित

चर्चित गायक पशुपति शर्माले बरिष्ठ गायीका हरिदेबी कोइरालाको गीत चोरेर गाएको खुलासा स्वयं हरिदेबिले गरेकी छन् । गत बर्ष तीजमा आएको गीत ‘मेरो माया बसेको ठाउंमा, बत्ति बाल्नै पदैन त्यो गाउंमा’ भन्ने बोलको गीत हरिदेबीको मेरो माया हिराको हार भन्ने एल्बममा  समावेस गरिएको छ । अन्र्तवार्तामा हरिदेबीले गीतको एक टुक्का ठ्याक्कै मिलेको र आफ्नो संग्रहमा समेत रहेको बताएकी छन् ।

उनि भन्छिन् ‘अझ पनि सच्चाउन सकिन्छ तर पशुपतिले कुनै वास्ता गदैनन्न् ।’ उनि थप्छिन‘ भाई बहिनीहरुले यस्तो नगरेको भए हुन्थ्यो, आफूले रतौलीमा गाएको गीत तीजमा पशुपतिले नगाएको भए पनि हुन्थ्यो ¹। उनको भनाईमा पशुपतिले पहिलेको लेकै फुल्यो लालिगुरांसलाई सहमतिमै नया निकालेका थिए तर यो मेरो माया बसेको ठाउंमा भन्ने बोलको गीतबारे आफूसंग कुनै छलफल नभएको बताईन्  । पछि गीत बजारमा आउदा पो आफू छक्क परेको तर उनीप्रति कुनै उजुर नगरेको समेत बताईन् । पशुपतिले मात्र होईन हरिदेबीका कुनै न कुनै गीत अरुले पनि चोरेर आफ्नो शब्द भनि निकालेका छन् ।

प्रतिक्रिया