अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

सामाजको चौतर्फी बिकाशका लागि खुल्यो ‘योगदान तपाँईको सृजना हाम्रो’ संस्था (भिडियो)

बिआरटीनेपाल २०७४ भदौ ३ गते १०:४८ मा प्रकाशित

समाजमा भएका बिबिध समस्यालाई समाधान गरि समाजको चौतर्फी बिकाश गर्ने उद्धेश्यले योगदान तपाँईको सृजना हाम्रो नामक संस्था खुलेको छ  महिला,बालबालिक, बृद्ध बृद्धा लगायतलाई शिपमुलक शिक्षा र रोजगारिको अवसर साथै स्वास्थ्य, खेलकुद, धार्मिक, सामाजिक र साँसकृतिक लागायतका क्षेत्रमा देखिएका समस्या र तिनका समाधानका उपाय संगै सकारात्कम समाज निर्माणको उद्येश्य राखेर शनिवार राजधानिको मैतिदेवीमा बिषेश कार्यक्रमको आयोजना गरि ‘योगदान तपाँईको सृजना हाम्रो’ संस्थाको उद्घाटन गरिएको हो ।

पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेशका युवा नेता गगन थापाको प्रमुख आतिथ्यमा आयोजिक कार्यक्रमा आयोजक संस्थाका उद्येश्य र भावि योजनामाथी प्रकाश पारिएको थियो ।

संस्था उद्घाटनको अवसरमा नव निर्वाचित जन प्रतिनिधीहरुको सम्मान र ट्राफिक नियम सम्बन्धी जनचेतना मुलम कार्यक्रम राखेको योगदान तपाँईको सृजना हाम्रो संस्थाले बिशिष्ट अतिथीका रुपमा ट्राफिक प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेललाई बोलाएको थियो भने काठमाडौं महानगरपालिक वडा नं. ३० का नव निर्वाचित अध्यक्ष दल बहादुर कार्की, प्रहरी निरिक्षक शुकदेव खनाल लगायतका सरोकारबाला ब्यक्तीहरुको उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सामाजिक समस्यालाई निवारण गरि सभ्य, सुसंस्कृत र बिभिन्न समस्याले अप्ठ्रामा परिहेका ब्यक्तीहरुलाई रोजगारको सृजना गरि उनिहरुको जीवन स्तर माथी उठाउने उद्धेश्यले खोलिएको योगदान तपाँईको सृजना हाम्रो संस्थाले अत्यन्त महत्पपुर्ण कामको सुरुवात गर्न लागेकोमा आफुलाई खुसी लागेको बताउँदै संस्थाको प्रगतीका लागि शुभकामना र बधाई दिएका थिए ।

नेता थापाले नेपालको ट्राफिक नियक पालनामा ब्यक्ती स्वयंले सुरुवात गरि महानगरबासीको सभ्यता नमुनाका रुपमा प्रस्तुत गर्नु पर्ने भन्दै अन्य मुलुकले अपनाएका ट्राफिक नियम र नेपालका सडक र ट्राफिक नियममा रहेका चुनौती र कमजोरीमाथी आफ्ना अनुभव साटेका थिए ।

त्यस्तै बिशिष्ट अतिथी ट्राफिक प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरलले आफु स्वयं वडा नं. ३० को बासिन्दा भएकाले पनि यो क्षेत्रबाट एउटा सकारात्कम कामको सुरुवात हुँदा खुसी लागेको बताउँदै आफुले निभाउनु पर्ने भुमिका र साथ सहयोग र सहकार्यमा पुर्ण समर्थन रहेको बताए ।

अतिथीको रुपमा रहेका काठमाडौं महानगरपालिक वडा नं. ३० का नव निर्वाचित अध्यक्ष दल बहादुर कार्मी र प्रहरी निरिक्षक शुकदेव खनालले पनि जनता संग हातेमालो गरेर सुसंस्कृत समाजको निमार्ण गर्न आफु संधै तत्पर रहेका धारणा ब्यक्त गरे ।

संस्थाकी उप सचिव तथा आजको कार्यक्रकी संचालिका सविना श्रेष्ठका अनुसार योगदान तपाँईको सृजना हाम्रो संस्था गैर सरकारी, गैर राजनितीक र नाफामुलक संस्था हो । जसले बेरोजगार ब्यक्तीहरुलाई, स्वास्थ्य, शिक्षा, हस्तकला लगायतका बिभिन्न क्षेत्रमा शिपमुलक शिक्षा दिनुका साथै रोजगारीको वातावरण सृजना गरी   समाज भित्रका समस्या र तिनको दिर्घकालिन समाधानका लागि सृजनात्कम कामहरुमा केन्द्रीत रहेर अघि बढ्ने छ ।

 

कार्यक्रममा नेपाल उद्योग तथा ब्यवसायि महासंघका सचिव तथा आज उद्घाटित संस्थाका संस्थापक विश्वराज रेग्मी, संस्थाकी अध्यक्ष रति महर्जन, शुकुती कोईराला लगायतले संस्था स्थापनाका योजना र उद्धेश्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रको दोस्रो चरणमा ट्राफिक प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरले उपस्थितहरुलाई नेपालको ट्राफिक नियम, यसको पालनाको अपरिहार्यता र सडक दुर्घटनाको संख्यात्मक बिबरण हाईलाई स्क्रीन मार्फत प्रस्तुत गर्दै सबैलाई ट्राफिक नियम पालका गर्न अनुरोध गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू