अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

एनआरएनए पोर्चुगलको निर्वाचन समिति गठनसँगै आगामी नेतृत्वको लागि सकस

बिआरटीनेपाल २०७४ भदौ ३ गते ६:१७ मा प्रकाशित
गैर आवासीय नेपाली संघ,पोर्चुगलको आशन्न छैठौँ अधिवेशनका लागि अशोक घिमिरे संयोजक रहेको पाच सदस्सिय निर्वाचन समिति गठन गरिएको छ । आगामी सेप्टेम्वर १०,२०१७ मा हुने एनआरएनए,पोर्चुगलको  छैठौ महादिवेशनका लागि गठित उक्त समितिमा सुरेन्द्र अमगाई, तारा कुमारी गुरुङ,राज कुमार थापा र श्याम सुन्दर श्रेष्ठ सदस्य रहेका छन ।
अचम्मको कुरा निर्वाचन समिति गठन गर्दा सम्म पनि एनआरएनएमा आगामी २०१७-२०१९ का लागि आइसीसी सदस्य तथा राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा कसैले आधिकारिक उम्मेदवार घोषणा गर्न सकेका छैनन ।
स्वतन्त्र एनआरएनए भनिए पनि दलिय भागबन्डा बाट टाढा नरहेको एनआरएनएमा जनसम्पर्क समितिका तर्फबाट दुई जना उम्मेदवारको दावी रहेको जानकारी प्राप्त भएको छ जसले गर्दा उम्मेदवार घोषणामा ढिलाई भएको कुरा जानकारहरु वताउछन ।
अघिल्लो वर्षको तुलनामा करिव १ हजार भन्दा बढी सदस्य संख्या थपिएको एनआरएनए,पोर्चुगलबाट अन्तर्राष्ट्रिय समन्वय समितिमा दुई जना सदस्य चयन हुने पक्का भएको छ ।
दलिय समिकरणलाई प्राथमिकता दिने कि स्वतन्त्र एनआरएनए,निर्माण गर्ने भन्ने बारेमा सामाजिक संजालमा निक्कै बहस भएको छ केहिले स्वतन्त्र एनआरएनएको ओकालत गर्दै सामाजिक संजाल रंगाए पनि वास्तविकतामा त्यो नहुने पक्का जस्तै भएको छ कारण जनसम्पर्क समिति नै पोर्चुगल एनआरएनएको मेरुदण्ड हो ।

विगतको इतिहास देखि जनासमपर्क बाहेक अन्य राजनीतिक झुकाव राख्ने कोहि पनि एनआरएनले नेतृत्व गरेको रेकर्ड छैन । विगतमा भन्दा यस पटक जनसम्पर्कबाटै दुई जना अध्यक्षका प्रत्याशी देखिएकाले उम्मेदवारको घोषणा हुन् नसकेको दरिलो शुत्रको दावी छ ।त्यसको त सुनिल संगम वर्तमान उपाध्यक्ष तथा सदस्य कुवेर कार्की द्वय एनआरएनए,पोर्चुगलको आगामी नेतृत्वको दौडमा रहेका छन ।
दुवै जनसम्पर्क समितिका सदस्य भएका कारण सस्थापन पक्षलाई निर्णय गर्न निक्कै गाह्रो परेको कुरा निकट शुत्र बताउछ । तर पनि आपसी समजदारीमै उम्मेदवार तोक्ने कुरामा ढुक्क रहेको कुरा जनसम्पर्क समितिका नेतृत्वहरु दावी गर्छन ।
उता, आदिवासी जनजाति महासंघ,पोर्चुगल पनि वलियो शक्तिका रुपमा स्थापित रहेको छ । समावेशी एनआरएनए बनाउनेमा महासंघ वाधा नबन्ने तर वायस गरेर लाद्न खोजेमा अध्यक्ष सहितको समानान्तर प्यानलनै उम्मेदवार उठाउने लगभग निर्णयमा पुगेकोकुरा अध्यक्ष नर भुपाल राई बताउछन ।
दलिय भागवण्डाकै कुरामा संघिय समाजवादी फोरम, जन प्रगतिशील मंच,नेपाली प्रवाशी मंचको आ-आफ्नै आंकलन रहेको  छ ।  आईसिसि वा महासचिव मध्ये एक जना ग्यारेन्टी गरेर अघि बढ्ने मनस्थितिमा रहेको जन प्रगतिशील मंच छ भने नेपाली प्रवासी मंच पनि यदि सहमतिको वातावरण बनेमा आईसीसी र यदि त्यसो हुन् नसके अध्यक्षको निर्वाचनमै भए पनि जाने मनस्थितिमा बसेको अवस्था रहेको कुरा विशेष शुत्रले बताएको छ ।
संघिय समाजवादी फोरम वा आदिवासी जनजाति महासंघमार्फत पेम्वा शेर्पालाई दुई जना मध्ये एक जना आइसीसी सदस्यमा सहमति गराउने सोचमा रहेको कुरा निकट शुत्र बताउछन ।  यसरि समग्रमा हेर्दा एनआरएनए,पोर्चुगलको आगामी अधिवेशन निक्कै सकस र कडा हुने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू