अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

बाढि पिडीतको सहयोगार्थ अमेरिकाको कोलोराडोमा डिनर कार्यक्रम हुँदै

बिआरटीनेपाल २०७४ भदौ ३ गते ५:१२ मा प्रकाशित

मातृभुमी नेपालमा हालै गएको बाढि पहिरोबाट पीडीत हुनेहरुलाई सहयोग गर्ने उद्धेश्यले कोलोराडोमा डिनर कार्यक्रम हुने भएको छ । डिनर खाउ बाढी पिडीतलाई सक्दो सहयोग गरौ भन्दै कोलोराडोकोमा सकृय संस्था लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

जन्मभुमी नेपालका दाजुभाई दिदी बहिनीहरु बाढी पहिरेको कारण घरबार बिहीन भई ज्यादै दुख पाईरहेको बर्तमान अवस्थामा हाम्रो सानो सहयोगले पनि ठुलो राहात हुने सोचेर यस्तो कार्यक्रम राखिएको क्लबका अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् । स्थानीय एभरेष्ट रेष्टुरेन्टमा यहि अगष्ट २६ तारिक शनीबारका दिन साझ ६ बजे देखि ८ बजे सम्म राखिएको उक्त कार्यक्रममा सहभागी भई सक्दो सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन् ।

देश पुरै शोक र समस्यामा डुबेको र नेपाल सरकारले पनि सक्दो सहयोग गर्न ुसबैलाई आग्रह गरिसकेको बर्तमान अबस्थामा टुलु टुलु हेरेर बस्न नसकिदो रहेछ भन्दै श्रेष्ठले कार्यक्रममा स्थानीय लायन्स क्लबका पदाधिकारीहरुलाई पनि आमन्त्रण गरिने बताएका छन् । उनले कोलोराडो स्थित संघ संस्थ्ँँका पदाधिकारी, गन्यमान्य, बुद्धीजिवी, ब्यावसाही, पत्रकार, सर्बसाधारण, कर्मचारी, कलाकार लगायत सबै तह र तप्काका मानिसहरुलाई कार्यक्रममा सहभागीहुन आग्रह गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू