अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

दमकमा निर्माण हुने भित्रि सडकहरुमा हम्स राख्न नपाइने

बिआरटीनेपाल २०७४ भदौ २ गते ३:३३ मा प्रकाशित

जोखिम न्युनिकरण गर्दै सवारी साधानहरुको गतिलाई स्थिर गर्न मु्ख्य राजमार्ग बाहेकका भित्रि सडकहरुमा हम्स राख्ने प्रचलन बढदै गएको छ । विभिन्न स्थानहरुमा निर्माण गरिएका अघिकांश सडकहरुमा अहिले हम्स राखेको पाईन्छ । सुरक्षाको दृष्टिकोणले निर्माण गरिएका यस्ता हम्सहरुकै कारण कतिपय अवस्थामा सवारी साधनहरु दुर्घटना हुने गरेका छन भने कुनै बेला मानविय क्षति समेत हुने गरेको समाचार बाहिर आउने गरेको छ । पछिल्ला दिनहरुमासडक निर्माण तथा विस्तार गर्ने क्रममा धेरै स्थानहरुमा हम्स राख्ने गरेको पाईन्छ । संभावित जोखिम न्युनिकरणकालागि सवारी साधनहरुको गतिलाई नियन्त्रण गर्न भन्दै निर्माण गरिएका यस्ता हम्सहरुले कतिपय अवस्थामा जोखिम पनि निम्त्याउने गरेको छ । अहिले गाँउ देखी शहर सम्मका प्राय सवै सडकहरुका विभिन्न स्थानमा आफुखुशी हम्स राख्ने चलन बढदै गएको छ ।

झापाको दमक नगरपालिकाका भित्र रहेका धेरै सडकहरुमा अहिले प्रशस्तै हम्स हरु निर्माण गरिएको छ । जसका कारण यसले एका तिर जोखिम निम्त्याइ रहेको छ भने अर्का तर्फ सडक र सवारी साधनहरुको समते आयु घटाई रहेको छ । अत्यन्तै अबैज्ञानिक र अव्यावहारिक हिसाबले हम्सहरु निर्माण गर्न नियम विपरित पनि हो । तर आउदा दिनहरुमा भने नगरपालिका भित्र निर्माण हुने सडकहरुमा यस्ता हम्सहरु नराख्ने दमक नगरपाकिलाका मेयर रोमनाथ ओली बताउनु हुन्छ । नगरभित्रका सडकहरुमा कतिको संख्यामा हम्स हरु निर्माण गरिएको छ भन्ने यकिन तथ्याकं नगरपालिका संग छैन । तर पनि धेरै जसो सार्वजानिक स्थलहरु र खुल्ला सडकभएको स्थानहरुमा बढि हम्सहरु निर्माण गरेको पाईन्छ । सडक सडक सम्बन्धि नियमावलीको पछिल्लो संशोधनले मुख्य राजमार्ग सहायक राजमार्ग र भित्रि सडकहरुमा निर्माण गरिने हम्सहरुको मापदण्ड स्पष्ट उल्लेख गरेको भएपनि यसको पालना भएको पाईदैन ।

स्थानीय तहको मातहतमा निर्माण हुने सडकहरुमा अहिले पनि आफुखुशीनै हम्सहरु राखिने गरेको दमक नगरपालिकाका सव इन्जिनीयर अनन्त सेनेहाङ बताउनु हुन्छ । सर्वसाधारणहरु देखी सवारी चालकहरुलाई समेत यस्ता हम्सहरुले आजित बनाइ सकेको दमक ५ का स्थानीय दिपेन्द्र नेपालले बताउनु भयो । हम्सबाट सडक दुर्घटना न्युनिकरणमा सहयोग पुगेको कतिपयहरुको बुझाई रहेको भएपनि धेरैको बुझाई भने हम्सको फाईदा भन्दा बढि बेफाई रहेको पाइन्छ । जथाभावि निर्माण गरिएका हम्सहरुले जोखिम र क्षतिलाई बढाएको मात्र छ । त्यसैले यस्ता हम्सहरु निर्माण गर्नु अघि एकपटक सम्बन्धित सरोकारवाला र सर्वसाधारणहरुको समेत ध्यानजान उतिकै जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू