अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

‘दोस्रो खुम्बु खोल्च ग्लोवल नेपाली अवार्ड’का लागि बुधबार राती कलाकारहरु अमेरिका प्रस्थान (फोटो फिचर)

बिआरटीनेपाल २०७४ साउन ३२ गते २२:४२ मा प्रकाशित

दोस्रो खुम्बु कोल्च ग्लोवल नेपाली फिल्म अवार्डका लागि नेपाली कलाकारहरु अमेरिका प्रस्थान गरेका छन् । आगामी शनिवार अर्थात अगष्ट १९ तारिकका दिन अमेरिकाको कोलोराडो स्थित डेनभर शहरमा हुन गईरहेको सो अवार्डका लागि नेपाली कलाकारहरु बुधबार राती ११ बजेको उडान मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् ।

अवार्ड समारोहमा सहभागी हुन कलाकार सुनिल थापा (राते काँईला) , टिका पहारी, कृष्ण मल्ल, भुवन केसी, शर्मिला मल्ल, राजेन्द्र सलभ, अनमोल केसी, केदार घिमिरे (माग्ने बुढा) , जितु नेपाल, दिपा श्री, रबिन्द्र खड्का, मदु कुमार श्रेष्ठ, राम केशर, बोगटी, आनन्द घिमिरे लगायतका कलाकर्मी अमेरिकाका प्रस्थान गरेका छन् ।

कलाकारहरुको बिदाईका लागि नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष सानुकाजी ताम्रमार, सचिव चेत बहादुर सिंह (राजा) , सहकोषाध्यक्ष सुनिल कुमार कटुवाल, आजिवन सदस्य राजेश विसराल, सदस्य सुवास थापा साथै नेपाल फिल्म सोसाईटीका एस के श्रेष्ठ र भाष्कर श्रेष्ठ लगायतका चलचित्रकर्मीहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।


साँझ ७ ३० बजे विमानस्थल पुगेका कलाकारहरुहरु संग तस्विर खिचाउने प्रशंशकहरुको भिड पनि केहिबेर बाक्लीएको थियो । यस पटकको अवार्डमा नायक शिव श्रेष्ठ भने सहभागी हुन नसकेको दुखेसो कलाकारहरुले साटिरहेका थिए । श्रीमती र छोरा सहित अवार्डमा सहभागी हुन अमेरिका जाने अन्तीम तयारीमा रहेका नायक शिव श्रेष्ठ श्रीमतीका पिता अर्थात आफ्ना ससुराबुवाको मंगलबार राती भएको असामहिक निधनका कारण यो बर्ष अवार्ड समारोहमा सहभागी हुन् नसकेका हुन् ।

कलाकार बिदाई तथा समाचार संकलनका लागि अनलाईन पत्रिका बिआरटी नेपाल डटकमका पत्रकार सुष्मा देवकोटा र बालकृष्ण भट्ट पनि विमानस्थल पुगेका थिए । अमेरिका जाँदै गरेका कलाकारहरु संगको छुट्टा छुट्टै कुराकानीमा सबैले अमेरिकामा नै नेपाली फिल्म अवार्डको पहिलो सुरुवात गरेको ग्लोवल नेपाली फिल्म अवार्डले नेपाली चलचित्र र कलाकर्मीको प्रोत्साहनमा टेवा पुर्याएकोले आफुहरु अत्यन्त खुसी रहेको बताएका थिए भने सबैले देशमा बाढि पहिरोका कारण भै रहेको भौतिक र मानविय क्षती साथै उद्दारको पर्खाईमा रहेका पिडितहरुको अवस्थाले आफुहरु मर्माहत भएको भन्दै दुख ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू