अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

जर्मनबाट कृषि विशेषज्ञ बनेर फर्केका सुरेन गौतम सांगीतिक क्षेत्रका सबै बिधामा सक्रिय (भिडियो)

बिआरटीनेपाल २०७४ साउन ३१ गते १२:४८ मा प्रकाशित

अध्ययन र पेशाका हिसावले कृषि विशेषज्ञ हुन, सुरेन गौतम । यद्यपि, रुचिका हिसावले गीत- सङ्गीतको पारखी, गीत लेखन र गायन ।  सानैदेखिको हो, यो सुरेनको रुचि । कृषि स्नातक अध्ययनका लागि चितवन झर्नुअघि उहाँले यो रुचिलाई प्रस्तुत गर्न सकेनन् । कारण, परिवारको समर्थन थिएन यतातिर । जब चितवन रामपुर कलेज अध्ययन थाले , त्यहाँका स्टेजमा सुरेनका गायकी रुचिले फूल्ने मौका पायो । साथीभाइले गीत सुनेपछि राम्रो छ भन्ने प्रतिक्रिया पाए । सबै साथीहरुले गीत रेकर्ड गर्न उक्साए । त्यसपछि परिवारलाई थाहै नदिएर सुरेन हान्निए काठमाडौँ र गीत रेकर्ड गराएर फर्किए सुरेन ।

जब पाल्पा एफएम रेडियोबाट सुरेनका गीत बज्न थाले, तब थाहा पाए छोरो पनि गायक भएछ । गायक सुरेन भन्छन–“त्यसपछि परिवारको प्रतिक्रिया खासै नराम्रो रहेन । खुशी नै हुनुभयो ।”

जर्मनबाट कृषिमा स्नातकोत्तर गरेर नेपाल आएका सुरेन फुर्सद भयो कि गायनका लागि जुट्छन् । गीत लेखन, कम्पोज र गायनमा समेत सक्रिय रहेका उनि एल्वमको तयारी गरिरहेका छन् । सुरेनको रिमेक गीत रेसमी पर्दाले छेकेन… यतिबेला स्रोता- दर्शकबीच लोकप्रिय पनि छ ।

जिउडाल हेर्दा नायक हुन लायक सुरेन लजालु स्वभावको छन् । यद्यपि, भिडियोमा सुरेनले गज्जवको अभिनय गरेका छन् । भिडियोमा भिमफेदी गाइज र सोनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा रायन कार्कीको निर्देशन रहेको छ । सुनिल चित्रकारको सङ्कलनमा सुनिल तथा चेतमान गुरुङको खास स्वर रहेको रेसमी पर्दामा सुरनेको स्वर ‘मेलोडियस’ सुनिएको छ ।

 

प्रतिक्रिया