अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

गायक दीलिप केसीको ‘पल पल’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ३० गते ६:२८ मा प्रकाशित

युवा गायक दीलिप केसीको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । निमुखा यूवराजको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गायक केसी आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोमा किरन, कृष्ण, निसु, नीकिता, वर्षा र कल्पनाले अभिनय गरेका छन् । ग्रप डान्स छिमी, सुवास, मानव, रमेश सुस्मिता, अञ्जली, नविना र सन्देशको रहेको छ भने अनिस परियार, अरुन, बरदान र अनिस महर्जनले बी—बोइंग गरेका छन् । गीतका कोरियोग्राफर कृष्ण महर्जन हुन् ।

जीवन श्रेष्ठले खिचेको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका हुन् । सञ्चिव बराइली एरेञ्जर रहेको गीतको भिडियोका मेकअप आर्टिस्ट बेबो हुन् ।

 

 

प्रतिक्रिया