अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

राष्ट्र संघ युवा सम्मेलनकी प्रथम नेपाली चेली जोली अमात्य राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित

बिआरटीनेपाल २०७४ साउन ३० गते ०:१९ मा प्रकाशित
नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित गरिएको छ l
उनलाई नेपालका वर्तमान युवा तथा खेलकुद मन्त्रि राजन केसीले एक समारोहमा काठमाडौँमा सम्मान गरेका हुन् l
उनि कार्य व्यस्तताको कारण उपस्थित हुन् नसक्दा उनका माता पिता लाई उक्त पुरस्कार हस्तान्तरण गरिएको छ l सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमाकी छोरी जोली अमात्य राष्ट्र संघ युवा सम्मेलन कि प्रथम नेपाली युवती युवा सम्मेलन अध्यक्ष बन्न सफल भएकी हुन् l
 
उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् । पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठी सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् ।
प्रतिक्रिया