अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

डा. गोविन्द के.सी. को जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको विशेष अपिल

बिआरटीनेपाल २०७४ साउन २८ गते २२:३३ मा प्रकाशित

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखी २१ दिन देखि अनसनरत डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूप राज शर्माको नेतृत्वको उच्चस्तरीय टोलीले शुक्रबार महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुगी अनुगमन गरेको छ । यस अघि पनि डा.केशीको जीवन रक्षाको लागि सरकारलाई आग्रह गर्दै आएको आयोगले अनसनका कारण डा. के.सी.को स्वास्थ्य अवस्था नाजुक एवं जटिल बन्दै गएपछि अनुगमन र अपिल गरेको हो ।

शुक्रबार आयोजद्वारा जारी विज्ञप्तीमा भनिएको छ –टोलीले डा. के.सी.को तर्फबाट प्रतिनिधित्व गर्नुहुने वार्ता टोलीका सदस्यसँग नेपाल सरकारका प्रतिनिधिहरुसँगको वार्ताको प्रगति सम्बन्धमा समेत जानकारी लिएको छ ।

पटक–पटकको आन्दोलनले समस्यालाई झन् जटिलतातर्फ लैजाने कुरालाई मध्यनजर गर्दै वार्तालाई सार्थक बनाउन तथा डा. के.सी.को जीवन रक्षा गर्न आयोग विशेष अपिल गर्दछ । अनसनरत डा. के.सी.सँग भएका विगतका सम्झौताहरु शीघ्र कार्यान्वयन गरी समस्याको समाधान गर्न समेत आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । साथै, उपचारको क्रममा आउने सर्वसाधारणहरुको प्रभावकारी स्वास्थ्योपचारमा संवेदनशील र जिम्मेवार हुन पनि आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू