अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

‘तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २८ गते ९:५१ मा प्रकाशित

मोफसलको ऐतिहासिक अवार्ड तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ भव्य रुपमा सम्पन्न भएको छ । बिभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा धादिङ ओम शान्ति चलचित्र मन्दिरमा तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सम्पन्न भएको हो ।

जुरी समितिमा वरिष्ठ रंगपत्रकार एवं गीतकार शान्तिप्रिय संयोजक र सदस्यहरुमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, सर्जक एंव लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा रहेको अवार्ड समारोहमा प्रत्येक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार रंग पत्रकार कुबेर गिरी र लोकसञ्चारकर्मी पुरस्कार चन्द्रमणि गौतमलाई ५,५५५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ भने कलाकार रश्मि तामाङ ३३,३३३ नगद सहित र इभेन्ट निर्देशक निशुकान्त झालाई विशेष सम्मानद्धारा सम्मान गरिएको छ ।

कार्यक्रमको रेस्पोन्सिभ मिडिया प्रा.लिले व्यवस्थापन गरेको अवार्ड समारोलाई सम्बोधन गर्दै आयोजक समितिका अध्यक्ष किरण अधिकारीले मोफसलबाट निरन्तर रुपमा कलाकारहरुलाई सम्मान गर्दै जाने बताएउँदै । अवार्ड देशका विभिन्न भागहरु समेत गर्ने जानकारी दिए ।

अवार्ड समारोहमा नायिका सञ्चिता लुईटेलदेखी चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

 

अवार्ड विजेताहरु

आधुनिक तर्फ
गायक –  कृष्ण काफ्ले (ला छैन् माया पिरती)

गायिका – सहिमा श्रेष्ठ (तिमी बोल )

नव गायिका – बुनु उप्रेति (टुट्यो टुट्यो)

गीतकार – डा.कृष्णहरी बराल (मेरो चरित्रमा शंका गर्ने तिमी को ?)

संगीतकार – सुरेन्द्र श्रेष्ठ (म रुँदा)

मोडल महिला – जान्वी बोहरा (चित्त यो मेरो)

मोडल पुरुष – केके अधिकारी (झड्का)

म्युजिक भिडियो निर्देशक- नविन गुरुङ (उडि जाने)

म्युजिक भिडियो सम्पादन -दिपक विष्ट (कोहि कोहिको माया)

म्युजिक भिडियो  छायांकार -अजय रेग्मी (कोहि कोहिको माया)

पब्लिक च्वाइस अवार्ड – खुस्बु खड्का (तिमी बोल)

एस.एम.एस भोटिङ अवार्ड – मञ्जिता केसी (सम्झेर फेरी)

 

लोकदोहोरी तर्फ
गायक- मौसम गुरुङ (तिमी फुल हौ कालि)

गायिका -भुमिका गिरी (सातो पुत्लो गयो)

नव गायक -तिलक परियार (तोरी हरियो)

नव गायिका- टिका तारमि मगर (गुन्द्रुक सिन्की पकाउनु पर्दैन)

शब्द- शिखर गजरकोटे (चरि भएदेखी)

लय -उद्धव कार्की नुवाकोटे (कोहि भन्दा)

मोडल पुरुष -दुर्गेश थापा (तिमी फुल हौ कालि)

मोडल महिला -रिना थापा मगर (भुरुरु पुतली)

म्युजिक भिडियो निर्देशक -प्रकाश भट्ट (मायाले माया लुकायो)

म्युजिक भिडियो सम्पादन -प्रविण भट्ट (आज गाउँमा)

म्युजिक भिडियो छायांकन -दुर्गा पौडेल (आज गाउँमा)

जुरी अवार्ड – कृष्ण रेउले (आज गाउँमा)

पब्लिक च्वाइस अवार्ड – मञ्जु गौतम(हेलम्बुको स्याउ)

पपुलर अवार्ड – दिनेश थापा (बोेली नफेर)

इन्करेजमेन्ट अवार्ड – लिला गिरी (एक चोटी भेट्न पाए)

 

प्रतिक्रिया